Monday 10th August 2026

गजल -राम भण्डारी


गजल

भानु बन्न सजिलो छ भानुभक्त हुने को ?
लोकको हित निम्ति यहाँ आसक्त हुने को ?

साँच्चै सम्बेदनशील छौ कि मुख मात्रै हो
शब्द राम्रो राष्ट्रियता तर देशभक्त हुने को ?

मोतीले दिए भानुलाई आदिकवि उपमा
भानुभक्त झैं देशप्रेमी राष्ट्रभक्त हुने को ?

अनुसरण घाँसीका सुन्दर सरल बिचार
बुझेर मूलभेद देश निम्ति शसक्त हुने को ?

अनुसरण केहि गरेर मात्रै पनि घाँसीको
उत्प्रेरित पो हुनुपर्छ निराश,बिरक्त हुने को ?

-राम भण्डारी


सम्बन्धित शीर्षकहरु

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको गाजासम्बन्धी १५-बुँदे ‘बोर्ड अफ पीस’ योजना अस्वीकार गर्दै हमास पूर्ण रूपमा…

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजा, इरान र क्षेत्रीय सुरक्षाबारे कडा धारणा सार्वजनिक गरेका छन्। उनले आफ्नो नेतृत्वमा प्यालेस्टिनी राज्य स्थापना…

आज नेपालसहित विश्वभर ३२ औँ अन्तर्राष्ट्रिय आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। नेपालमा पनि आदिवासी जनजाति समुदायहरूले सांस्कृतिक…

प्रतिकृयाहरू
...