Friday 17th April 2026

नेपालमा एकै दिन १७ सय भन्दा बढिले कोरोना जिते


तितोपाटी – नेपालमा एकै दिन १७ सय भन्दा बढिले कोरोना जितेर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा थप १४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन १७०५ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १६९४५ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ भने देशभरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ६६१३ जना उपचाररत रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार सोमबार अपरान्ह सम्म कुल १०२९४ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । हालसम्म देशभरका २५ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट २ लाख ८९ हजार ३ साय १७ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा २३ हजार ४ सय ७० जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड ३० लाख ८४ हजार भन्दा बढि संक्रमित भइ ७६ लाख २५ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ५ लाख ७२ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत सरकारले केहि विशेष क्षेत्रका कामदारहरूलाइ अागामी १ मे २०२६ देखि ३० जुन २०२६ सम्मको अवधिमा अन्य क्षेत्रमा रोजगारदाता परिवर्तन…

दार्जिलिङ — लेबोङस्थित Gorkha Stadium मा निर्धारित चुनावी सभामा भारतीय गृहमन्त्री Amit Shah प्रत्यक्ष उपस्थित हुन नसकेका छन्। प्रतिकूल मौसमका…

काठमाडौँ — नेपालका लागि चीनका राजदूत चाङ माओमिङले गृहमन्त्री सुधन गुरुङसँग सोमबार भएको अनौपचारिक भेटमा तिब्बत र ताइवानसँग सम्बन्धित गतिविधिबारे…

प्रतिकृयाहरू
...