Wednesday 12th November 2025

नेपालमा कोरोना संक्रमित घटे, डिस्चार्ज हुनेको संख्या बढ्दो, थप ३ को मृत्यु


तितोपाटी – नेपालमा पछिल्लो केहि दिन यता संक्रमित हुनेको संख्या घट्दो छ भने कोरोना जित्नेको संख्या बढ्दो छ । पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एकै दिन ४३१ जनाले कोरोना जितेर डिश्चार्ज भएका छन् र ३ जनाको ज्यान गएको छ । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या १६७१९ पुगेको छ भने नेपालका सतहत्तरै जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ भने देशभरका अस्पताल तथा अाइसोलेसन सेन्टरमा मा ८२३९ जना उपचाररत रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार शनिबार अपरान्ह सम्म कुल ८४४२ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । त्यसै गरि काठमाडाैंका ६० र ५४ वर्षीय पुरूषहरू तथा सिन्धुपाल्चोकका ४५ वर्षीय पुरूषको कोरोनाको कारण मृत्यु भएको छ भने हाल सम्म मृत्यु हुनेको संख्या ३८ पुगेको छ । हालसम्म देशभरका २५ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट २ लाख ७९ हजार ५ साय ९९ जनाको परीक्षण भएको  छ भने हाल क्वारेन्टाइनमा २४ हजार ९७ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म १ करोड २७ लाख १२ हजार भन्दा बढि संक्रमित भइ ७४ लाख १४ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ५ लाख ६४ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...