Saturday 12th September 2026

कविताः-सलह -सुशिल बस्याल


सलह

सलह आयो भनेर चर्को आबाज बजाए
नोक्सान गर्न नदिन सबै मिलेर धपाए।।

मर्कामा परे कृषक सबै सखाप बाली नाली
लगानी गरे उब्जनी गर्न हरायो अन्न बाली।

अनिस्ट हुन लागेको भन्दै आकाश करायो
अनेक कस्ट सहदै खेती कृषक डरायो।

सचेत हामी रहन सके समस्या चर्किन्न
सलह फेरि प्रबेश गर्ला फर्किन्छ ,फर्किन्न।

दाहिने भयो खतरा पनि बिचरा कृषक
उपाय केही नभाको होर खराब शोषक।

धानको ब्याड खोजेर खान्छ सलह डुलेर
मकैको बोट रोजेर खान्छ डाठमा भुलेर।

सचेत आफू नभए पछि शिख्रै हरियाली
उबार्नु पनि सकिन्छ क्यारे लगाए तार जाली।

सलह छोपे पौस्टिक तत्त्व कुखुरा हासको
राहत पनि दिदैनन् होला बाली नै नाशको ।

सुशिल बस्याल
बगनासकाली ८ बेलौतिखरक ,पाल्पा नेपाल


सम्बन्धित शीर्षकहरु

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच नयाँदिल्लीमा महत्वपूर्ण द्विपक्षीय वार्ता भएको छ। आगामी BRICS शिखर सम्मेलनको पूर्वसन्ध्यामा…

भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण र पुनःस्थापनाको कामलाई तीव्र बनाएको छ।…

इजरायली सेनाले दक्षिणी लेबनानको अली अल–ताहेर पहाडमुनिको हिजबुल्लाह सुरुङ संरचना विस्फोट गराएको र त्यसपछि ४.१ म्याग्निच्युडको कम्पन रेकर्ड भएको जनाएका…

प्रतिकृयाहरू
...