Saturday 14th February 2026

नेकपाको बैठक स्थगित, होटेलमा प्रचण्ड-नेपाल समूहको भेला


नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । बुधबार स्थायी कमिटी बैठक केहीबेर बसेर स्थगित भएपछि प्रचण्ड–नेपाल समूहका नेताहरू छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी शर्मा ओलीको राजीनामा मागेका प्रचण्ड-नेपाल समूहका नेताहरू सानेपास्थित एक रेष्टुरेन्टमा छलफलका लागि भेला भएका हुन् । छलफलमा अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत स्थायी कमिटीका ३० सदस्य सहभागी छन् । बिहीबार बस्ने स्थायी कमिटी बैठकअगाडि आफ्नो समूहको रणनीति बनाउन छलफलमा जुटेको एक नेताले बताए ।

बुधबारका बैठकमा सदस्यहरू योगेश भट्टराई, लीलामणि पोखरेल, मातृका यादव, पेसल खतिवडा र एनके प्रसाईंले धारणा राखेका थिए । स्थायी समिति बैठक स्थगित भएपछि बैठकमा उठेका विषय र निकासका विषयमा अब नेकपाका अध्यक्षद्वबीच छलफल हुने पार्टी प्रवक्ता श्रेष्ठले जानकारी दिएका थिए । तर, लगत्तै उनीसहितका नेताहरू छलफलमा जुटेका थिए ।

प्रवक्ताका अनुसार अध्यक्षहरूबीच छलफल भएपछि आवश्यकताअनुसार सचिवालयको बैठक पनि बस्ने र त्यहाँ छलफल भएर फेरि स्थायी समिति बैठक सुचारु हुनेछ । प्रधानमन्त्री ओलीले भारतले आफूलाई हटाउन खेल खेलिरहेको भनी दिएको अभिव्यक्ति र निर्वाचन आयोगमा नेकपा एमाले दल दर्ताको प्रक्रिया चालिएको विषयमा नेकपाभित्र चरम विवाद पैदा भएको छ । यसैलाई लिएर प्रचण्ड–नेपाल समूहका नेताहरूले प्रधानमन्त्रीको राजीनामा मागेका छन् ।

-नयाँपत्रिका दैनिकबाट


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले १२औँ विश्व सम्मेलन, १२औँ बहुप्रतिक्षित अन्तर्राष्ट्रिय महाधिवेशन तथा वार्षिक साधारणसभा २०२५ काठमाडौंमा आयोजना गर्ने भएको…

अमेरिका र बंगलादेशबीच नयाँ व्यापार सम्झौता भएको केही घण्टामै मंगलबार भारतका प्रमुख कपडा कम्पनीहरूको सेयर मूल्यमा तीव्र गिरावट आएको छ।…

इस्फहान इरानको सबैभन्दा संवेदनशील आणविक स्थलहरूमध्ये एक हो। यहाँ युरेनियम रूपान्तरण, अनुसन्धान तथा भूमिगत संरचनाहरू रहेका छन्। विगत केही वर्षदेखि…

प्रतिकृयाहरू
...