Friday 20th February 2026

छोराछोरी बिदेश पठाउँदा यति लामो समय आगो लागी किन ?


तिलक भण्डारी (कमल)- प्रवासमा कार्यरत नेपाली कामदार रोजगारी गर्ने शिलशिलामा इमान्दारिता, कर्तव्यनिष्ट र विवेकशील भए सुनमा सुगन्ध हुने थियो । तर बिडम्बना भनुपर्छ संस्थागत कार्यबाट नाम कमाउने भन्दा पनि ब्यक्तिगत स्वार्थ, संकुचित सोच र सङ्कीर्ण स्वाभावले गदा सिंगो देशको नाम नै बदनाम हुने कार्य भएको छ । अपबादमा केहि पृथक र सम्मान योग्य कुशल नेपाल र नेपालीलाई समेत बिश्वमा चिनाउने र देश र जनताको शिर उच्च हुने काम पनि भएका छन ।

बिषेश गरी खाडी मुलकमा नेपालीको नाम भन्दा पनि बदनाम भएको कुरा बाहिर ल्याउन प्राय कमै मात्र संञ्चारकर्मी र लेखकले आट गदर्छन । यसको पर्दा पछाडी धैरै कारण छन । यसको ब्याख्या बिश्लेषण गर्ने उचित समयको आगमन होला । खाडी मुलुकमा कार्यरत नेपाली किन बदनाम भएको छ । यसको भित्रि गोजि पहिल्याउन र निषेध गर्नु आज सबै सचेत नागरिकको काम, कर्तव्य र दायित्व हो ।

कोभिड-19 को कहरले खाडी मुलुकमा रोजगारी धराप सहित मानबजातिलाई समेत ठुलो समस्या सृजना गराएको हामी सबैलाई अबगत नै छ । यहि सेरोफेरोमा नेपाली चेलिको बैदेशिक काममा कार्यरत रहदा देखिएका राम्रा र खराबको चरित्रको चित्रण खुबै ब्याख्या र बिश्लेषण संमाजिक सञ्जालमा भए तर यसको पछाडि के कारणले यस्तो बिडम्बना सृजना भयो भन्दा पनि चेलिहरू सबै दुष्ट र चरित्रहिन भनेर धैरै सार्वजनिक बहस पनि भयो । तर सचेत नागरिकले गहिराइ सम्म अध्ययन अनुसन्धान नगरी यस्तो हचुवाको भरमा सामाजिक संजाल धमिलो बनाउनु उचित हुदैन ।  पहिचान नभएका बाबुका छोराछोरीले आंतक सृजना हुने भयो भन्ने जस्ता यावत कुरा आए । देशमा पहिचानबिनाका बच्चा बच्चिको अस्तित्वमा धैरै प्रश्न खण्डा भए ।

अरब मुलुकबाट मुख्य गरी यूएई र कुबेतको धैरै नै बहस प्रस्तुत भयो । चौरानब्बे जना बाबु बिनाका गर्भवति महिला प्रस्थान भनि समाजिक सञ्जालमा धैरै भाइरल भयो तर सत्य तथ्य के हो ? त्यसको यथार्थ जानकारी नबुझी सामाजिक संजालमा भाइरल भयो तर सत्यतथ्य के रहेछ भनेर खोज्नु नागरिको कर्तव्य पनि हो । यूएईका प्राय गर्भवती महिलाहरूको श्रीमान संगै रहेको कुरा जानकारीमा आएको छ । तर केहि नेपाली महिलाहरू किन गलत जोखिम बहन गर्न तत्पर रहन्छन । यसको यथार्थ जानुपर्छ केहि अपवाद बाहेक सबै बिदेशि नागरिक संग लिभिङ टुगेदरको परिणाम हो । तर किन बिदेशी नागरिकसंगको परिणाम यस्तो भयो भनेर खुलेर कोहि बोल्न पनि सक्दैनन । हाम्रा चेलि बिदेशीसंगको बसाइ भनेको पुजि नै मुख्य हो भनेर यस्तो कार्यमा सक्रिय भएको सत्य हो । यसको अर्थ अरब मुलुका मात्र यस्तो प्रबृति छ ? या युरोप र अन्य मुलुका मत्थर छ भनेको होइन । उदारणको लागी गत बर्षको जापान काण्ड र अस्ट्रेलिया काण्डले समाजिक सञ्जाल युट्युव धैरै भाइरल भएको थियो । छोराछोरी बिदेश पठाउदा यति लामो समय आगो लागी भएर राष्ट्रलाई आगो नियन्त्रणमा हम्मे हम्मे परेको छ भनेर बिचार प्रकट भएका थिए ।

कडा परिश्रम तर न्युन आम्दानी यहि दुइ बिषय बस्तुलाई सन्तुलन मिलाउन नस्कदाको परिणाम लिभिङ टुगेदर र अबैध गर्भवती अन्तर्गत पहिचान नभएको छोराछोरी जटिल समस्या भनेको धनको लालचमा फसेर आफ्नो जवानीलाई पैसामा बिक्रि गर्नु नै सबै भन्दा जटिल आंतक हो । पैसामा जवानीलाई लिलाम गर्ने धैरै छन । अरबमा तर यसको निरूपण भन्दा भाइरल धैरै भएको छ । कुबेतले आम माफि दिएको गत अप्रिल २६ देखि अप्रिल ३० सम्मको तथ्याङलाई केलाउदा एक जना श्रेष्ठ थरकी महिला त आम माफि भाग लिएको हप्ता दिनमा नै अस्पालतमा डेलिभरी भई बच्चा सहित स्वदेश फिर्ता भएको समाजिक सञ्जालमा भाइरल भएको थियो। यो पनि वास्तविकता नभुझी हचुवाको भरमा सामाजिक संजाल धमिलो बनाउने काम भयो । उनको श्रीमान पनि सगै रोजगारमा रहेको तर केही समय पहिले घर फर्किएको भन्ने जानकारी आएको छ । सत्यतथ्य बुझेर मात्र समाजिक संजालमा दिइएको बिषय बस्तुले समाजमा राम्रो सन्देश दिन्छ र दिनु सचेत नागरिकको दायित्व पनि हो । तर बिना प्रमाण कसैको बारेमा सामाजिक संजाल रंगाउनु उचित भने पटकै होइन ।

कुवेतको हकमा अझै पनि केहि चेलीहरू गलत कार्यमा तल्लीन भएर बसेका छन भन्नेहरूको पनि घुइचो छ । तर पनि किन नेपाली चेलीबेटीले यस्तो गलत बाटो रोजिरहेका छन ? यसको बारेमा सबैले ध्यान दिनु जरुरी छ । कुबेतमा रोजगारीको लागी प्रबेश भएको दश बर्ष भयो तर घर परिवारबाट सम्पर्क बिहिन भएर समाजिक संजालमा जति सक्दो छिटो घर फर्कनको लागी बिशेष सहयोग आग्रह र परिवारिक बिलौना धैरै देखिएका छन ।

त्यसकारण यस्तो बैइमान कार्यले चेलिको निजि जीवनमात्र होइन । सिंगो देशको नाममा कलंकको टिका लगाउने कामको तत्काल बन्द होस र भावि रोजगारीको लागी मध्य पूर्वमा आउने महिला दिदि बहिनिहरूलाई रोजगारीको ढोका बन्द गर्ने काम तत्काल बन्द गरियोस । भाबि दिनमा अरबको गर्भवती काण्ड र जापान युरोपको पोर्न काण्डबाट मुक्त नेपाली समाजको बिकास होस ।

जय देश ! जय नेपाल !!


सम्बन्धित शीर्षकहरु

जापानको राजनीतिमा बुधबार एक महत्वपूर्ण संवैधानिक-राजनीतिक घटनाक्रम देखिएको छ। प्रधानमन्त्री सानाए ताकाइचीको मन्त्रिपरिषद्ले सामूहिक राजीनामा दिएको घोषणा नयाँ संसद् (डाइट)…

जेरुसेलममा आयोजित प्रमुख अमेरिकी यहूदी संगठनका अध्यक्षहरूको सम्मेलनलाई सम्बोधन गर्दै इजरायली पूर्व प्रधानमन्त्री नाफ्ताली बेनेटले भने कि यस क्षेत्रमा टर्की,…

बंगलादेशको अन्तरिम सरकार प्रमुख बनेपछि मुहम्मद युनुस अन्तर्राष्ट्रिय रूपमा सम्मानित व्यक्तित्व भए पनि भारतसँगको सम्बन्धमा उनीप्रति अपेक्षित न्यानोपन देखिएन। यसको…

प्रतिकृयाहरू
...