Tuesday 27th January 2026

गोरु काट्दै गरेका चार पक्राउ


बाँके प्रहरीले गोरु काट्दै गरेका चारजनालाई नियन्त्रणमा लिएको छ ।

नेपालगञ्ज–१६, जयसपुरमा घरभित्र गोरु काट्दै गरेको अवस्थामा चारजना पक्राउ परेका हुन् । सीमा प्रहरी कार्यालय, जयसपुरका इन्चार्ज अभय रावतको नेतृत्वमा गएको टोलीले राति साढे एक बजे मो. इलियास जोलाहाको घरमा गोरु काट्दै गरेको फेला पारेको थियो ।

प्रहरीले ‘सेन्ट्री’ बसेकी जोलाहाकी श्रीमती गुड्डी, मासु काट्दै गरेका छोरा सद्दाम र भतिजा अकबर अलि र इलियासलाई नियन्त्रणमा लिएको हो । घटनास्थलबाट ठूलो मात्रामा मासु बरामद भएको छ । गोरुको छाला फालिसकिएको थियो । एक परिवारले एउटा सिंगै गोरु काटेर खान सक्छ ? या व्यापारका लागि काटिएको हो ? प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

बाँके प्रहरीका सहप्रवक्ता रणबहादुर विष्टले गोरुको मासुसहित पक्राउ परेका चार जनालाई गौवध अन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको बताए


सम्बन्धित शीर्षकहरु

नेपाल र साउदी अरब सरकारबीच साधारण श्रमिकको सुरक्षित, व्यवस्थित तथा मर्यादित वैदेशिक रोजगारी प्रवर्द्धनका लागि श्रमिक भर्ना सम्बन्धी द्विपक्षीय श्रम…

तमू समाज, कुवेतको आयोजनामा १०औँ बृहत् रक्तदान कार्यक्रम यही मार्च २७ गते शुक्रबार २०२६ का दिन कुवेतको जाब्रिया स्थित सेन्ट्रल…

लुलु हाइपरमार्केट कुवेतले रंग, संस्कृति र उत्साहका साथ भव्य ‘भारत उत्सव’ सम्पन्न गर्‍यो। लुलु हाइपरमार्केटले २१ देखि २७ जनवरी २०२६…

प्रतिकृयाहरू
...