Saturday 22nd August 2026

नेपालमा अहिले सम्म ६५९१ जना कोरोना संक्रमित, ११५८ जना निको भए


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा विश्वलाइ नै हल्लाइरहेको कोभिड-19 नोवल कोरोना भाइरसको प्रकोपबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११७ जनाले कोरोना जितेर घर फर्केका छन् । याे सँगे कोरोना संक्रमण हुनेको कुल संख्या ६५९१ पुगेको छ भने अहिलेसम्म ७३ जिल्लामा कोरोनाभाइरस फैलिसकेको छ । हाल ५५३१ जना बिभिन्न अस्पतालहरू तथा अाइसोलेसन सेन्टरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा जनाइएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार मंगलबार अपरान्ह सम्म कुल ११५८ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन् । हालसम्म देशभरका २२ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि १४३७३८ परीक्षण भएको  छ भने क्वारेन्टाइनमा १ लाख ३३ हजार ९ जना रहेका छन् ।

विश्वव्यापी महामारीको रूपमा संसारभर फैलिरहेको कोरोना भाइरसबाट अहिलेसम्म ८१ लाख ५० हजार भन्दा बढि संक्रमित भइ ४२ लाख ५९ हजार भन्दा बढिले स्वास्थ्यलाभ गरिसकेका छन् भने ४ लाख ३९ हजार भन्दा बढिको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत प्रवेश गर्दा वा कुवेतबाट बाहिरिँदा यात्रुसँग KD 3,000 वा त्यसभन्दा बढी नगद वा धारकको नाममा चल्ने वित्तीय साधन भए…

अस्ट्रेलियाको राजधानी क्यानबेरामा नेपाल सरकारले करिब आठ वर्षअघि खरिद गरेको जग्गामा अब नेपाली दूतावासको आफ्नै भवन निर्माण प्रक्रिया अघि बढाउने…

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

प्रतिकृयाहरू
...