‘रुन्चे हाँसो’
चाहना महिनौ देखिको झिसमिसे मै खुसी रोपियो ।
आफ्नो गन्तव्यमा पुग्ने सपना पुरा हुँदैछन् देखियो ।।
झर्दै नेपाली भूमिमा असिम खुसी झल्कियो ।
जिज्ञासा प्रस्टै थियो मुहारमा रुन्चे हाँसो टल्कियो ।।
आएँ जितेर मृत्युलाई, सम्झिंदा ममताको आगो सल्कियो ।
दृश्य यो आगमनले आँखामा खुसीको सागर छल्कियो ।।
सुरुवात राम्रो,रोकिनु हुन्न अब,पहिले जे भयो भैसक्यो ।
परदेशी जति छन् दुःखमा रहेका फेरि लिन गैसक्यो ।।
बेखर्ची,असक्त असहाय पालैपालो आउनुहोस ।
फर्की मातृभुमिमा माटोको टिका लाउनुहोस् ।।
कोभिड छ सतर्क रहनु होसियार,आएका जति बेस भो ।
मिलाइ उपयोग गरौं जे जे हाम्रो श्रोत साधन छ देशको ।।
फेद टुप्पो केहि पत्तो छैन, कस्तो अधर्मी सल्कियो ।
गलत के भो यो धरतीमा, किन काल पल्कियो ।।
कसरी हाँस्न सकिन्छ यहाँ हाम्रो देशै रोएको बेला ।
नेपाली दाजुभाई एक अर्का माथि नगरौं है हेलाँ ।।
फूलबारीमा फूल झैं मुस्कुराउँदै खुलेर बसौ ।
एउटै धागोको माला झै उनिएर मिलेर बसौं ।।