Friday 7th February 2025

एनसीसी कुवेतले गर्भवती, सुत्केरी र बच्चाहरुका लागि ३ हजार डलर राहत बाढ्यो


तोयानाथ उपेक्षित, कुवेत स्थित गैह आवासिय सँघ एनसीसी ले आममाफी पाएर सेल्टरमा बसेका गर्भवती, सुत्केरी र बच्चा सहित स्वदेश फिर्तीको पर्खाईमा रहेका १६ जना र सेल्टर बाहिर रहेका १४ जना गरी जम्मा ३० जना महिलाहरुलाई जनही १ सय डलर का दरले ३ हजार डलर नगद राहात बाढेको छ ।

कोभिड १९ को संक्रमण कुवेतमा फैलिएर सरकारले लक डाउन शुरु गरे यता कामबाट निकालिएका, तलब नपाएका, नोकरी सिद्धयाएर घर पर्खाईमा रहेका, काम नपाएर विचल्लीमा परेका असाहय भई खानाको समेत समस्या भएकाहरुलाई दुई महिना यता एनसीसी कुवेतको टिमले नियमीत रुपले उनीहरुकै आवास क्षेत्रमा पुगेर राहत बाढदै आएको छ । यसै शिलशिलामा गत अप्रिल २६ बाट कुवेत सरकाले दिएको आम माफीलाई उपयोग गर्दै कुवेतका सेल्टरमा रहेका महिला तथा बालबच्चाहरुलाई पोषिलो दुध पाउडर समेत वितरण गरेको थियो । बेलामौकामा दुतावाससँग समन्वय गरेर सेल्टरको भिजिट गर्ने र उनीहरुका समस्या र गुनासा सुन्ने काम पनि एनआरएन कुवेतले गर्दै आएको छ । हिजोबाट भने सेल्टरका मानिसहरुलाई नेपाल लैजाने क्रम शुरु भएको छ । हालसम्म तीन फलाईटमा गरी लगभग ४४५ जना नेपाल पुगिसकेका छन भने अझै २५ सय भन्दा बढीले पालो कुरिरहेका छन ।

एनसीसी कुवेतका अध्यक्ष सुजन केसी का अनुसार टिमको ऐक्यबद्धता, एकता तथा आईसीसी सदस्य, मानर्थ आईसीसी सदस्य, क्षेत्रिय महिला संयोजक र एनसीसी पदाधिकारी तथा सदस्यहरुको सामुहिक प्रयासले कुवेतमा साँच्चैको कठिन घडीमा दुःख पाएका र विचल्लीमा परेका नेपाली श्रमिकहरुसँग एनसीसीलाई उभ्याउन सफल भएकोमा सहयोगी सबै धन्यवादका पात्र छन भन्नु भएको छ ।

एनसीसीको राहत तथा उद्धार टोलीले अनवरत रुपमा खटेर बाढेको राहतको रकमको कुल खर्च २० हजार डलर अर्थात नेपाली २४ लाख भन्दा धेरै छ । यत्रो रकम कहाँबाट जुट्यो भन्ने प्रश्नमा केसीले भन्नु भयो एनसीसीको राहत कोषबाट हामीले ५ हजार डलर खर्च गरर्यौ । गैह आवासिय संघ केन्द्रिय समितीबाट दुई पटक गरेर ८ हजार डलर प्राप्त भयो उहाँले भन्नु भयो । यसरी नै राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ सँस्थाहरुबाट केही सहयोग भएको थियो । व्याक्तिगत रुपमा कुवेतमा रहेका नेपालीहरुको पनि धेर थोर सहयोग प्राप्त भयो उहाँले थप्नु भयो ।

सेल्टरमा गर्भवती, सुत्केरी तथा बालबच्चाहरुका लागि बाढिएको ३ हजार डलर भने गैह आवासिय नेपाली संघ केन्द्रिय कार्यलय महिला विभाग अन्तरगत प्राप्त भएको रकम हो । कुवेतका लागि उक्त विभागले ३ हजार र दुवईका लागि ४ हजार डलर रकम निकाशा गरेको जनाईएको छ ।

कुवेतमा एनसीसीले अव राहत बाढ्न छाडेको हो भन्ने एक अर्को प्रश्नमा अध्यक्ष केसीले भन्नु भयो । जबसम्म नेपाली श्रमिकहरुलाई समस्या हुन्छ र एनआरएन यहाँ रहन्छ तब सम्म राहत बाढ्ने क्रम जारी रहन्छ उहाँको भनाई थियो । रकमको जोहो कसरी गर्ने भन्ने सवालमा भने केसीले एनआरएन माध्याम मात्र भएको बताउँदै सहयोगी मन भएका व्याक्ति, संघ संस्था र कुवेत स्थित अन्तराष्ट्रिय संघ संस्थासँग समन्वय गरेर उक्त कार्य गरिने बताउनु भयो । यस बीच नेपाल सरकारको तर्फबाट कुवेत स्थित राजदुतावासले के कति राहत बाढ्यो केही जानकारी छ की भनि केसीलाई सोधिएको प्रश्नमा भने उहाँले अनविज्ञता जाहेर गर्नु भयो ।


सम्बन्धित शीर्षकहरु

साहित्यिक पत्रकार , अग्रज साहित्यकार, जनमत राष्ट्रिय मासिकका प्रधानसम्पादक मोहन दुवाललाई पाल्पा साहित्य समाजले सहिद दिवसको अवसरमा पाल्पाको तानसेनमा सम्मान…

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारका दिन मंगाफ स्थित फाहाहिल स्टेडियमको कभर्डहलमा आयोजना गर्ने भलिबल प्रतियोगितामा…

इजरायली र हिज्बुल्लाह बीचको १४ महिना लामो युद्धबाट विस्थापित बासिन्दाहरूले इजरायली रक्षा बलहरू बसेको गाउँहरूमा फर्कने प्रयास गर्दा सोमबार इजरायली…

प्रतिकृयाहरू
...