Sunday 7th June 2026

“हामी श्रमिकहरूलाई” -राम भण्डारी


“हामी श्रमिकहरूलाई”
-राम भण्डारी

कतै देखिंदैन देशको अंग ठानेको हामी श्रमिकहरुलाई ।
देशकै बिडम्बना! हो भन्छु म, यो देश हाँक्नेहरुलाई ।।

जोगी जुन आए पनि, चिरेका कान सहित छिरेकाहरुलाई ।
भित्र पुरानै कमिज, त्यस माथि राष्ट्रिय झन्डा भिरेकाहरुलाई ।।

मे दिवस, तारे होटल, भब्य कार्यक्रम गरिन्छ यहाँ गर्नलाई ।
“रेमिट्यान्सले देश चलेको छ” मात्रै तेसैदिन भनिन्छ भन्नलाई ।।

कुर्लिन्छन् त्यसदिन उफ्रेर, अर्को दिन श्रमिक नचिन्नेहरुलाई ।
भुलेर खाली खुट्टा, यहाँ जुत्ता बिना नहिड्ने हरुलाई ।।

सुनिदिनुहोस हाम्रो अनुरोध, पी-मर्कामा परेकाहरुलाई ।
दिनुहोस् उचित निदान, हरदम श्रमजीवी गरेकाहरुलाई ।।

पौरखी हातहरुले सुन फलाउन पसिना रोप्नेहरुलाई ।
आफ्नै बलिदान दिई पहरामा ईतिहास खोप्नेहरुलाई ।।

जाँच्ने कसले, नाप्ने को हो? चस्मा भित्र दृष्टि भएकाहरुलाई ।
दृढ रहौं, निभ्न नदिउँ सबै मिलेर आशाको किरणहरुलाई ।।


सम्बन्धित शीर्षकहरु

काठमाडौं महानगरपालिकाले भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि नयाँ भूमि व्यवस्थापन अवधारणामाथि गृहकार्य अघि बढाएको छ। प्रस्तावित योजनाअनुसार…

लेबनानी हिजबुल्लाह समूहका महासचिव नाइम कासेमले लेबनान र इजरायलका प्रतिनिधिबीच अमेरिकी मध्यस्थतामा घोषणा गरिएको सशर्त युद्धविराम प्रस्तावलाई अस्वीकार गर्दै त्यसलाई…

BYD आयात विवाद अहिले केवल एउटा कम्पनी वा केही गाडीको विषय मात्र नभई नेपालको राजस्व प्रशासन, भन्सार प्रणालीको पारदर्शिता र…

प्रतिकृयाहरू
...