Monday 14th September 2026

रचनाः-परदेशीको पीडा -कुमार बराइली


घरमा हुँदा सबै सँग लडि लडि खाने बानी।
हातमुख जोर्न पाइन्थ्यो दिनभरि खेल्दा नि ।।

हैट ! परदेशमा त प्यास लाग्दा पनि
सहजै पिउन पाइदैन एक मुठी पानी।

त्यसै माथि साहुकी कान्छी छोरी
कामदारलाइ सधैं कच कच गर्ने बानी।

दिन रात नभनी गुलामी गर्नु छ यहाँ
उठ्न नसक्ने गरि बिरामी हुँदा नी ।

केहि गरि कोरोनाले मरे पनि
मलामी कोही छैन यहाँ लैजानी ।

कुमार बराइली
हाल – कुवेत फर्वानिया


सम्बन्धित शीर्षकहरु

१८औँ BRICS शिखर सम्मेलन, नयाँ दिल्ली (१२–१३ सेप्टेम्बर २०२६) को मुख्य निष्कर्षलाई हेर्दा यो सम्मेलन केवल औपचारिक घोषणाभन्दा बढी विश्व…

इरानमा युद्ध, प्रतिबन्ध, कमजोर हुँदै गएको राष्ट्रिय मुद्रा र तीव्र मुद्रास्फीतिका कारण सर्वसाधारणको दैनिक जीवन थप कठिन बन्दै गएको छ।…

कुवेतको आन्तरिक मन्त्रालयले शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोनलाई कुवेती सुरक्षा बलले आकाशमै अवरोध गरिरहेको दृश्य खिचेर सामाजिक सञ्जालमा प्रकाशित गर्ने एक…

प्रतिकृयाहरू
...