Thursday 30th July 2026

केहि मुक्तकहरू -सिर्जना पाण्डे (सिरू)


##मुक्तक##

आज मात्र हैन हरेक दिन रात भएको छ।
यस्तो लाग्छ कि ठुलो बज्रपात भएको छ।
किन बुझ्दैन अझै सम्म पनि य‍ो समाजले
चोखो मायाको तगारो नै जात भएको छ।
(१)

हारी सके यो दुनिया पक्षपाती बाट।
दुःखेको छ मन मुटु हिजो राति बाट।
जसलाई आफ्नै सम्झेर सर्वस्व सुम्पिए
उही बाट धोका भो विश्वासघाती बाट।
(२)

मनमा खुशी उमङ्ग साँची केही गर्नु छ।
जति पीडा भए पनि नाची केही गर्नु छ।
अरुको कुभलो चिताउनेहरु जलेरै मर्छन्
त्यसैले त यही जूनिमा बाँची केही गर्नु छ।
(३)

सिर्जना पाण्डे (सिरु)
चितवन, नेपाल
हाल – नेपाल बाहिर


सम्बन्धित शीर्षकहरु

मानव सभ्यताले आकाशतर्फ हेर्दै आएको हजारौँ वर्ष भयो। ताराहरू, ग्रहहरू र ब्रह्माण्डका रहस्यहरू बुझ्ने हाम्रो खोज आज नयाँ चरणमा पुगेको…

भारतीय विदेश मन्त्रालयले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारतको औपचारिक भ्रमणका लागि निमन्त्रणा पठाइसकेको पुष्टि गरेको छ। मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले…

इजरायलका रक्षा मन्त्री Israel Katz ले टर्कीका राष्ट्रपति Recep Tayyip Erdoğan माथि सिरियामा आफ्नो प्रभाव विस्तार गर्ने क्रममा इजरायलको सुरक्षामा…

प्रतिकृयाहरू
...