Monday 14th September 2026

गजल -तारा अर्याल


गजल
-तारा अर्याल

मुटु भित्र पिडा लुकाइ हास्न बाध्य छु ।
हरेक पलपल मर्दामर्दै बाच्न बाध्य छु ।।

बलेको छ मुटु भित्र आगो विवशता कै
सहि नसही पिडा खेपी ताप्न बाध्य छु ।।

गाँठो पर्छ मुटु अनि म छट्पटिन्छु धेरै
पिडा माझ आफैलाइ राख्न बाध्य छु ।।

दिन्हरु त कट्छन एताउती भुलेर नै
हरेक रात आँसु सङ्गै काट्न बाध्य छु ।।

तिम्रै खुसी चढोस सिखर सुभकामना
म त आँखाबाट अतीत झार्न बाध्य छु ।।


सम्बन्धित शीर्षकहरु

१८औँ BRICS शिखर सम्मेलन, नयाँ दिल्ली (१२–१३ सेप्टेम्बर २०२६) को मुख्य निष्कर्षलाई हेर्दा यो सम्मेलन केवल औपचारिक घोषणाभन्दा बढी विश्व…

इरानमा युद्ध, प्रतिबन्ध, कमजोर हुँदै गएको राष्ट्रिय मुद्रा र तीव्र मुद्रास्फीतिका कारण सर्वसाधारणको दैनिक जीवन थप कठिन बन्दै गएको छ।…

कुवेतको आन्तरिक मन्त्रालयले शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोनलाई कुवेती सुरक्षा बलले आकाशमै अवरोध गरिरहेको दृश्य खिचेर सामाजिक सञ्जालमा प्रकाशित गर्ने एक…

प्रतिकृयाहरू
...