Monday 14th September 2026

“गजल” -अमर खड्का “कालु”


“गजल”
–अमर खड्का “कालु”

कुनै दिन घर फर्केर आउँला बाँचे भने |
जिन्दगी जस्तै जिन्दगी बनाउला बाँचे भने ||

अहिले घर भित्रै बस ए! मनका मान्छेहरु
रमाउनु त छदै छ नि रमाउला बाँचे भने ||

समयले टाढा राखेर अछुत बनाएको छ
मनले के के सोचेको छ बताउँला बाँचे भने ||

महोदय,यो बिपतमा यत्ति पनि सोचेनौ हैँ ?
पछि त मुख फेरी फेरी खाउँला बाँचे भने ||

यो खतरनाक संकेत हो टाढै बसौँ हामी सबै ,
दुरी कायम गरौँला दोस्ती बढाउँला बाँचे भने ।।

हाल: कुबेत ( lockdown को समय)


सम्बन्धित शीर्षकहरु

१८औँ BRICS शिखर सम्मेलन, नयाँ दिल्ली (१२–१३ सेप्टेम्बर २०२६) को मुख्य निष्कर्षलाई हेर्दा यो सम्मेलन केवल औपचारिक घोषणाभन्दा बढी विश्व…

इरानमा युद्ध, प्रतिबन्ध, कमजोर हुँदै गएको राष्ट्रिय मुद्रा र तीव्र मुद्रास्फीतिका कारण सर्वसाधारणको दैनिक जीवन थप कठिन बन्दै गएको छ।…

कुवेतको आन्तरिक मन्त्रालयले शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोनलाई कुवेती सुरक्षा बलले आकाशमै अवरोध गरिरहेको दृश्य खिचेर सामाजिक सञ्जालमा प्रकाशित गर्ने एक…

प्रतिकृयाहरू
...