Thursday 6th February 2025

गजल -तारा अर्याल


धोका दिन्छ एकजनाले संसारसँग के गुनासो ।
काट्ने काम हो खुकुरीको त्यो धारसँग के गुनासो ।।

मौसमको मतलब छैन, अनेक देखिन्छ शहरमा
आफ्ना रहर पूरा गर्छन्, संस्कारसँग के गुनासो ।।

मलाई माया गर्छु भन्नेको मन चोखो भए पुग्छ
कालो होस् या त गोरो अनुहारसँग के गुनासो ।।

मझधारमा बग्ने मान्छे, नदी जस्तै लाग्छ मलाई
उनको मेरो भेट हुन्न त किनारसँग के गुनासो ।।

कुरुपलाई नि चट्ट पार्दै झुक्याइदिने यी नयनलाई
मन आखिर मनै हुन्छ श्रृङ्गारसँग के गुनासो ।।

तारा अर्याल
हाल – मरूभूमिको देश


सम्बन्धित शीर्षकहरु

कल्याणकारी नेपाली युवा समाज कुवेतले आगामी फेब्रुअरी ७ तारिक शुक्रबारका दिन मंगाफ स्थित फाहाहिल स्टेडियमको कभर्डहलमा आयोजना गर्ने भलिबल प्रतियोगितामा…

इजरायली र हिज्बुल्लाह बीचको १४ महिना लामो युद्धबाट विस्थापित बासिन्दाहरूले इजरायली रक्षा बलहरू बसेको गाउँहरूमा फर्कने प्रयास गर्दा सोमबार इजरायली…

कल्याणकारी नेपाली युवा समाज कुवेतसँग अल मुजैनी एक्सचेन्जको सहकार्यमा हाला फेब्रुअरीको अवसर पारेर आगामाी ७ फेब्रुअरी २०२५ शुक्रबारका दिन आयोजना…

प्रतिकृयाहरू
...