Monday 14th September 2026

गजल -सिर्जना पाण्डे (सिरू)


###गजल###

दिनपछि आउने रातमा पनि उज्यालो दिने जून हुन्छ।
गीतमा मिठास भर्ने संगीतको सुमधुर मीठो धुन हुन्छ।।

जातजातिमा गर्नु हुन्न भेदभाव हामी सबै मान्छे नै हौं
बाहुन र कामी दुबैको शरीरमा बग्ने त रातो खुन हुन्छ।।

बर्गीया विभेद अझै पनि कायमै छ हाम्रो यो समाजमा
त्यसैले गरिबको सुन पितल,धनीको पितल सुन हुन्छ।।

अहिले सम्म रुढीबादी परम्पराले ग्रसित छ मान्छे हरु
भन्छन् कालो~बिरालोले बाटो काटे~अपसगुन हुन्छ।।

यो देशको राजनीतिक अस्थिरता देखेर म छक्क पर्छु
जसरी पनि मकै सँगै पिसिने त आखिर त्यो घुन हुन्छ।।

सिर्जना पाण्डे(सिरु)
रत्ननगर नगरपालिका-१
सौराहा चोक, टाडी, चितवन
हाल-कुवेत


सम्बन्धित शीर्षकहरु

१८औँ BRICS शिखर सम्मेलन, नयाँ दिल्ली (१२–१३ सेप्टेम्बर २०२६) को मुख्य निष्कर्षलाई हेर्दा यो सम्मेलन केवल औपचारिक घोषणाभन्दा बढी विश्व…

इरानमा युद्ध, प्रतिबन्ध, कमजोर हुँदै गएको राष्ट्रिय मुद्रा र तीव्र मुद्रास्फीतिका कारण सर्वसाधारणको दैनिक जीवन थप कठिन बन्दै गएको छ।…

कुवेतको आन्तरिक मन्त्रालयले शत्रुतापूर्ण क्षेप्यास्त्र तथा ड्रोनलाई कुवेती सुरक्षा बलले आकाशमै अवरोध गरिरहेको दृश्य खिचेर सामाजिक सञ्जालमा प्रकाशित गर्ने एक…

प्रतिकृयाहरू
...