Friday 2nd January 2026

गजल -सिर्जना पाण्डे (सिरू)


###गजल###

दिनपछि आउने रातमा पनि उज्यालो दिने जून हुन्छ।
गीतमा मिठास भर्ने संगीतको सुमधुर मीठो धुन हुन्छ।।

जातजातिमा गर्नु हुन्न भेदभाव हामी सबै मान्छे नै हौं
बाहुन र कामी दुबैको शरीरमा बग्ने त रातो खुन हुन्छ।।

बर्गीया विभेद अझै पनि कायमै छ हाम्रो यो समाजमा
त्यसैले गरिबको सुन पितल,धनीको पितल सुन हुन्छ।।

अहिले सम्म रुढीबादी परम्पराले ग्रसित छ मान्छे हरु
भन्छन् कालो~बिरालोले बाटो काटे~अपसगुन हुन्छ।।

यो देशको राजनीतिक अस्थिरता देखेर म छक्क पर्छु
जसरी पनि मकै सँगै पिसिने त आखिर त्यो घुन हुन्छ।।

सिर्जना पाण्डे(सिरु)
रत्ननगर नगरपालिका-१
सौराहा चोक, टाडी, चितवन
हाल-कुवेत


सम्बन्धित शीर्षकहरु

गुलाम नवी मन्सुर- कुवेतस्थित नेपाली दूतावासले विगत वर्षहरूमा कुवेतमा विभिन्न कारणले ज्यान गुमाएका तथा कार्यस्थलमा दुर्घटनामा परी घाइते भएका ७८…

साउदी नेतृत्वको गठबन्धनले यमनको हद्रामौतस्थित बन्दरगाह सहर मुकाल्ला मा हवाई आक्रमण गरेको बताएको छ। गठबन्धनका अनुसार युएईको फुजैराह बन्दरगाहबाट आएका…

बंगलादेशकी पूर्वप्रधानमन्त्री तथा बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी) प्रमुख बेगम खालिदा जियाको निधन भएको छ । आज बिहान ६ बजे ८०…

प्रतिकृयाहरू
...