Friday 21st August 2026

लकडाउन खुकुलो पार्ने कुवेत सरकारको निर्णय


बसन्त थापा – विश्वव्यापी महामारीको रूपमा विश्व मानब समुदायलाइ जकडीरहेको कोरोनाभाइरस रोकथामका लागि बिगत १६ दिन देखी कुवेतमा गरिएको पूर्ण लकडाउन आगामी ३० मे सम्म रहे पनि ३१ मे देखी केही खुकुलो पार्ने तयारी गरिएको छ। कुवेत सरकारले लकडाउन पूर्णरूपमा न खोले पनि सामान्य अबस्थामा फर्कनु अघि आंशिक रूपमा कर्फ्यू लागू गर्दै लकडाउन खुलाउने निर्णय गरेको छ ।

मन्त्रीपरिषदको निर्णय पछि गृहमन्त्री अनास अल-सालेहको भनाइलाइ उधृत गर्दै कुवेत टाइम्समा प्रकाशित समाचार अनुसार सरकारले सामान्य जीवन बिस्तारै ल्याउने बारेमा संसदमा थप छलफल पछि नयाँ उपायहरूको पूर्ण विवरण बिहीबार घोषणा गरिनेछ।

गृहमन्त्री अल-सालेहलेका अनुसार सरकारले अत्यावश्यक किनमेललाई खुल्ला राखे पनि दूरी कायम गरेर मात्र किनमेल गर्नु पर्ने बताउदै अझै पनि कोभिड-१९ सङ्क्रमणको सुरक्षा खतरा व्याप्त रहेकोले सामाजिक दूरी कायम गर्ने, मास्क तथा पञ्जाहरूको प्रयोग गर्ने र अनावश्यक भिडभाडमा नजाने जस्ता उपाय अवलम्बन गर्दै कोभिड–१९ विरूद्धको लडाईंमा अझै पनि केही समयका लागि सरकार तथा स्वास्थ्यकर्मीको अनुरोधलाई स्वीकार गरी सहकार्य गर्न सम्पूर्ण नागरिकहरूलाइ आग्रह गरिएको छ ।

सरकारले मे १० देखि लागू गरेको पूर्ण कर्फ्यूको पूर्ण पालनले स्वास्थ्य स्थितिमा सुधार आएको सालेहले बताए। लकडाउनका कारण कुवेतस्थित व्यापार व्यवसायले ठूलो क्षति व्यहोर्नुपरेको छ। कम्पनीहरू तथा श्रमिकहरू सबैमा आर्थिक संकट देखा परेको छ ।


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

अमेरिकाले कतारलाई करिब ४.५ अर्ब अमेरिकी डलर बराबरको सैन्य सम्झौता स्वीकृत गरेको छ। प्रस्तावित सम्झौताअन्तर्गत कतारले चारवटासम्म Boeing KC-46A Pegasus…

टर्कीले सिरियाभित्र आफ्नो सैन्य उपस्थिति थप विस्तार गरिरहेको क्षेत्रीय रिपोर्टहरूले जनाएका छन्। पछिल्ला दिनहरूमा टर्कीबाट सिरियातर्फ थप बख्तरबन्द गाडी तथा…

प्रतिकृयाहरू
...