Saturday 22nd August 2026

नेपालमा कोरोना अपडेटः कुल संक्रमित ६८२, ११२ कोरोनामुक्त, ४ को मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ हल्लाइ रहेको कोरोना भाइरसको कारण नेपालमा अहिले सम्म कुल ६८२ जना संक्रमित भएका छन । त्यसै गरि कोरोनामुक्त भइ घर फर्कनेको संख्या ११२ रहेको छ भने कोरोना संक्रमण भइ अहिले सम्म ४ जनाले ज्यान गुमाएका छन् ।

सोमबार थप ६ जनामा कोरोना संक्रमण देखिएको छ। अछाममा १, बर्दियामा ३ र पर्सामा १ र काठमाडौंमा १ गरी कुल थप ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।

यस्तै बाराको कलैला–७ का एक जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको र उनको उपचारको क्रममा मृत्यु भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । उनको नेशनल मेडिकल कलेज वीरगन्जमा जेठ ४ गते मृत्यु भएको थियो । मृतक ७० वर्षीय पुरुष हुन् ।


सम्बन्धित शीर्षकहरु

लेखक David M. Weinberg ले इजरायलले पश्चिम किनारा, गाजा, सिरिया, लेबनान र इरानसँगको पछिल्लो द्वन्द्वबाट सिकेको सुरक्षा रणनीति अब टर्कीप्रति…

राति आकाशतिर हेर्दा हामी हजारौँ तारा चम्किरहेको देख्छौँ। अझ शक्तिशाली टेलिस्कोपले हेर्ने हो भने हाम्रो आँखाले देख्न नसकेका असंख्य आकाशगंगा…

नेकपा (एमाले)को भातृ संगठन प्रवासी नेपाली मञ्च (ओएनएफ) कुवेतको पाँचौँ राष्ट्रिय अधिवेशन शुक्रबार कुवेतको फरवानियास्थित Chef Naushad Signature Restaurant मा…

प्रतिकृयाहरू
...