Sunday 21st December 2025

नेपालमा कोरोना अपडेटः कुल संक्रमित ६८२, ११२ कोरोनामुक्त, ४ को मृत्यु


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा संसारलाइ हल्लाइ रहेको कोरोना भाइरसको कारण नेपालमा अहिले सम्म कुल ६८२ जना संक्रमित भएका छन । त्यसै गरि कोरोनामुक्त भइ घर फर्कनेको संख्या ११२ रहेको छ भने कोरोना संक्रमण भइ अहिले सम्म ४ जनाले ज्यान गुमाएका छन् ।

सोमबार थप ६ जनामा कोरोना संक्रमण देखिएको छ। अछाममा १, बर्दियामा ३ र पर्सामा १ र काठमाडौंमा १ गरी कुल थप ६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो।

यस्तै बाराको कलैला–७ का एक जनामा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको र उनको उपचारको क्रममा मृत्यु भएको सोमबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । उनको नेशनल मेडिकल कलेज वीरगन्जमा जेठ ४ गते मृत्यु भएको थियो । मृतक ७० वर्षीय पुरुष हुन् ।


सम्बन्धित शीर्षकहरु

१९९० को दशकदेखि लागू भएको डीभी लोटरी कार्यक्रम अमेरिकाले स्थगित गरेको छ । अमेरिकी गृहमन्त्री कृष्टी नोयमले डिभी लोटरी कार्यक्रम…

नेपालको न्यायपालिका पूर्ण रुपमा गुलामी संबैधानिक सँस्था का रुपमा परिणत भईसकेको छ हो भन्ने कुरा केही बर्षका घटनाहरुले प्रष्ट भईसकेको…

हुथीहरूले विगतका वर्षहरूमा संयुक्त राज्य अमेरिका र इजरायलको लागि जासुसी गरेको आरोप लगाउँदै दर्जनौं संयुक्त राष्ट्र संघका कर्मचारी र सहायताकर्मीहरूलाई…

प्रतिकृयाहरू
...