Thursday 23rd October 2025

फेसबुकका प्रयोगकर्ताको डाटा ५२ वटा कम्पनीमा सेयर भएको


तितोपाटी – प्रयोगकर्ताका निजी डाटाहरु अमूक कम्पनीहरुलाई बेचेको विषयमा विवाद खेपिरहेको फेसबुकले विभिन्न ५२ वटा कम्पनीहरुलाई प्रयोगकर्ताका डाटा शेयर गरेको खुलासा भएको छ ।

चिनिया कम्पनी अलिबाबा, हुवावे, लेनोभो तथा ओप्पो लगायत विश्वमा प्रविधिको क्षेत्रका विभिन्न ५२ कम्पनीसँग डाटा शेयर गरेको फेसबुकले स्विकार गरेको हो ।

अमेरिकी प्रतिनिधि सभाको उर्जा तथा वाणिज्य समितिका प्रश्नको जवाफ दिने क्रममा फेसबुकले यस्तो बताएको हो ।

संसदीय समितिले उठाएको प्रश्नहरुको ७ सय ४७ पेज लामो जवाफ फेसबुकले पेश गरेको छ ।

ती ५२ मध्ये ३८ कम्पनीसँगको सहकार्य यसअघि नै तोडिसकिएको पनि फेसबुकले प्रष्ट पारेको छ । त्यस्तै अन्य सातवटा कम्पनीसँगको सहकार्य यहीँ जुलाई महिनामा सकिने र अक्टोबर महिनामा अर्को एक कम्पनीसँगको साझेदारी पनि समाप्त हुने फेसबुकले जनाएको छ ।

तर एप्पल, अमेजन तथा टोबी ल्गायतका कम्पनीसँगको साझेदारी चाहीँ अक्टोबर पछि पनि जारी रहने फेसबुकको भनाई छ ।

फेसबुकले भनेको छ की सन् २०१४ मा साझेदारी सम्बन्धी कडा नियन्त्रण लागू गरेसँगै तेश्रो पक्ष तथा एप डेभलपरलाई नयाँ नियमको पालना गर्नका लागि एक वर्षको समय दिइएको थियो ।

फेसबुकले विभिन्न ६१ कम्पनीलाई डाटा स्टोर गर्नबाट रोक्नका लागि ६ महिनाको अतिरिक्त समय पनि दिएको थियो ।

अमेरिकी संघीय व्यापार आयोगले तय गरेका नियम विपरित फेसबुकले प्रयोगकर्ताका डाटा विभिन्न कम्पनीहरुसँग शेयर गरेको आरोप लागिरहेका बेला फेसबुले भने आफुले आदेश उल्लंघन नगरेको दाबी गरेको छ ।


सम्बन्धित शीर्षकहरु

यमपञ्चकको अन्तिम दिन मनाइने भाइटीका पर्व आज देशभर उत्साह, उमंग र प्रेमसाथ मनाइँदैछ। दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायु, समृद्धि र सौभाग्यको…

साउदी अरेबियाले काफाला प्रणाली (स्पोन्सर प्रणाली)लाई अन्त्य गरेको छ । यो श्रमिकहरूका लागि प्रायोजक (स्पोन्सर) मोडेल थियो, जसले लाखौँ विदेशी…

"युवा शक्ति कुवेत" को प्रथम ऐतिहासिक अधिवेशन आगामी १४ नोभेम्बर २०२५ मा हुने भएको छ । नेपालमा जेन-जी पुस्ताको नागरिक…

प्रतिकृयाहरू
...