Friday 21st August 2026

नेपालमा कोरोना संक्रमितको कुल संख्या ५४८ पुग्यो


तितोपाटी – विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट नेपालमा संक्रमित हुनेको संख्या ५४८ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ४८ पुगेको हो ।

शनिबार संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही, चितवन र काठमाडौंका रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

कोरोना भाइरसको कारण विश्वभर अहिले सम्म ५२ लाख ५८ हजार भन्दा बढि संक्रमित भइ २१ लाख ११ हजार भन्दा बढिले स्वास्थ्य लाभ गरेका छन् भने ३ लाख ३९ हजार भन्दा बढिको ज्यान गइसकेको छ । नेपालमा अहिले सम्म कुल ५४८ जना संक्रमित भइ ७१ जनाले स्वास्थ्यलाभ गरेका छन् भने ३ जनाको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

अमेरिकाले कतारलाई करिब ४.५ अर्ब अमेरिकी डलर बराबरको सैन्य सम्झौता स्वीकृत गरेको छ। प्रस्तावित सम्झौताअन्तर्गत कतारले चारवटासम्म Boeing KC-46A Pegasus…

टर्कीले सिरियाभित्र आफ्नो सैन्य उपस्थिति थप विस्तार गरिरहेको क्षेत्रीय रिपोर्टहरूले जनाएका छन्। पछिल्ला दिनहरूमा टर्कीबाट सिरियातर्फ थप बख्तरबन्द गाडी तथा…

प्रतिकृयाहरू
...