Saturday 27th December 2025

नेपालमा कोरोना संक्रमितको कुल संख्या ५४८ पुग्यो


तितोपाटी – विश्वभर महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट नेपालमा संक्रमित हुनेको संख्या ५४८ पुगेको छ । शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवा र भरतपुर अस्पताल, कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५ सय ४८ पुगेको हो ।

शनिबार संक्रमण पुष्टि भएकाहरुमा कपिलवस्तु, सर्लाही, बारा, रुपन्देही, चितवन र काठमाडौंका रहेका स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जनाएका छन् ।

कोरोना भाइरसको कारण विश्वभर अहिले सम्म ५२ लाख ५८ हजार भन्दा बढि संक्रमित भइ २१ लाख ११ हजार भन्दा बढिले स्वास्थ्य लाभ गरेका छन् भने ३ लाख ३९ हजार भन्दा बढिको ज्यान गइसकेको छ । नेपालमा अहिले सम्म कुल ५४८ जना संक्रमित भइ ७१ जनाले स्वास्थ्यलाभ गरेका छन् भने ३ जनाको ज्यान गइसकेको छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...