Wednesday 15th April 2026

नेपालमा कोरोना संक्रमितको कुल संख्या ४५३, निको हुनेहरू ४९ जना


तितोपाटी – नेपालमा कोरोना संक्रमितको संख्या ४५३ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिउँसो थप ९ मा कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

मन्त्रालयले आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले संक्रमित हुनेमा झापामा ८ जना पुरुष र रुपन्देहीका १ पुरुषमा संक्रमण देखिएको हो ।

यसअघि बिहीबार बिहान पनि १७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको थियो । यसैबीच हालसम्म कोरोना निको हुनेको संख्या ४९ पुगेको छ । आज टेकु अस्पतालमा उपचार गराइरहेका ४ जना निको भएसँगै कोरोना निको हुनेको संख्या ४९ पुगेको हो ।  यसरी संक्रमण पुष्टि भएकामध्ये हालसम्म ४९ जना निको भएका छन् भने सिन्धुपाल्चोकमा एक र बाँकेमा एक, गुल्मीको एक गरी ३ जनाको मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार बिहीबारसम्म नेपालमा आरडीटी विधिबाट ७८ हजार ६ सय ९५ नमुना परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म ३८ हजार ७ सय ३६ परीक्षणहरु छ ।


सम्बन्धित शीर्षकहरु

नितिश कुमारले राजीनामा दिएर बिहारमा बीजेपी नेतृत्व स्वीकार्नुको मुख्य कारण राजनीतिक संक्रमण, संवैधानिक आवश्यकता र शक्ति सन्तुलन तीनै पक्षसँग जोडिएको…

सरकारले सार्वजनिक गरेको “राष्ट्रिय प्रतिबद्धता पत्र” मा नेपालले कुनै पनि सैन्य गठबन्धन वा सुरक्षा सम्झौतामा सहभागी नहुने स्पष्ट अडान दोहोर्‍याएको…

अमेरिकी राष्ट्रपति Donald Trump ले मध्यपूर्व युद्धका क्रममा यदि बेइजिङले इरानलाई सैन्य सहयोग गरेको प्रमाण भेटिए चीनबाट अमेरिका प्रवेश गर्ने…

प्रतिकृयाहरू
...