Friday 19th June 2026

नेपालमा कोरोना संक्रमितको संख्या ४ सय बाट उकालो लाग्यो


तितोपाटी – नेपालमा कोरोना संक्रमितको संख्या ४ सय नाघेको छ । पछिल्लो २४ घण्टामा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको कुल संख्या ४०२ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले सो कुराको पुष्टि गरेका हुन् ।

हालसम्म कोरोनाभाइरसको संक्रमण नेपालका ३८ जिल्लामा फैलिएको छ । कोरोना संक्रमित जिल्लाहरूमा बाँके, पर्सा, कपिलवस्तु, उदयपुर, रूपन्देही, रौतहट, झापा, काठमाडौं, धनुषा, बारा, दाङ, कैलाली, मोरङ, सर्लाही, चितवन, महोत्तरी, भक्तपुर, बाग्लुङ, बर्दिया, धादिङ, मकवानपुर, नवलपरासी (पूर्व), सुनसरी, भोजपुर, दैलेख, धनकुटा, गुल्मी, कञ्चनपुर, काभ्रेपलाञ्चोक, खोटाङ, लमजुङ, नवलपरासी (पश्चिम), रामेछाप, सप्तरी, सिन्धुली, सिन्धुपाल्चोक, सिरहा र ललितपुर रहेका छन् ।

पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमणबाट मुक्त भइ अहिले सम्म कुल ३७ जनाले स्वास्थ्यलाभ गरिसकेको अबस्था छ भने सिन्धुपाल्चोककी एक जना २९ वर्षीया महिला र बाँकेका एक जना २५ वर्षीय युवा गरि जम्मा २ जनाको मृत्यु भएको छ ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र इरानबीच शान्ति सम्झौताका लागि प्रारम्भिक समझ्दारी पत्रमा हस्ताक्षर भएको छ, जसले तुरुन्तै युद्ध रोक्ने, हर्मुज जलडमरूमध्य पुनः खोल्ने…

चारदिने औपचारिक चीन भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री शिशिर खनालले भ्रमणले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै आर्थिक तथा…

संयुक्त राज्य अमेरिका र इरानबीच द्विपक्षीय तनाव अन्त्य गर्ने, होर्मुज जलमार्ग पुनः सञ्चालन गर्ने तथा आणविक कार्यक्रम र आर्थिक प्रतिबन्धसम्बन्धी…

प्रतिकृयाहरू
...