Friday 21st August 2026

नेपालमा कोरोना संक्रमितको संख्या ३९० पुग्यो, संक्रमण ३४ जिल्लामा फैलियो


तितोपाटी – विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरसबाट नेपालमा अहिले समम ३९० जना संक्रमित भएका छन् भने नेपालका ३४ जिल्लामा कोरोना संक्रमित पुष्टि भएका छन् । पछिल्लो पटक झापाका ९, सुनसरीका २ र कपिलवस्तुका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस अघि सोमबार राती १८ जनाको कोरोना संक्रमण पुष्टि भएको थियो जसमा बाँकेको नरैनापुरका १२ पुरुष, धनुषाका २ पुरुष, दैलेख, सुनसरी, झापा र खोटाङका एक-एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

कोरोना भाइरसको महामारीबाट अहिले सम्म ४८ लाख ४६ हजार भन्दा बढि संक्रमित भइ १८ लाख ६४ हजार भन्दा बढिले स्वास्थ्य लाभ गरिसकेका छन् । त्यसै गरि मृत्यु हुनेहरूको संख्या ३ लाख २० हजार नाघिसकेको छ भने नेपालमा कोरोना संक्रमणबाट २ जनाको ज्यान गइसकेको छ ।पछिल्ला केहि दिन यता नेपालमा कोरोना संक्रमितको संख्या वढ्दो क्रममा देखिएको छ ।


सम्बन्धित शीर्षकहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ठूला पूर्वाधार आयोजना तथा संस्थागत सुधारका लागि आवश्यक वित्तीय स्रोत जुटाउने अवस्था आगामी दिनमा थप चुनौतीपूर्ण…

अमेरिकाले कतारलाई करिब ४.५ अर्ब अमेरिकी डलर बराबरको सैन्य सम्झौता स्वीकृत गरेको छ। प्रस्तावित सम्झौताअन्तर्गत कतारले चारवटासम्म Boeing KC-46A Pegasus…

टर्कीले सिरियाभित्र आफ्नो सैन्य उपस्थिति थप विस्तार गरिरहेको क्षेत्रीय रिपोर्टहरूले जनाएका छन्। पछिल्ला दिनहरूमा टर्कीबाट सिरियातर्फ थप बख्तरबन्द गाडी तथा…

प्रतिकृयाहरू
...