Sunday 11th May 2025

ईजिप्सियनहरुले सेल्टरमा नारा जुलुस गरे


तोयानाथ उपेक्षित, ईलिगलहरुलाई राखिएको सेल्टरबाट त्यहाँ रहेका ईजिप्सियन नागरिकहरुकोले आफ्नो सरकारलाई दवाव दिन “एम्बेसी कहाँ छ ? हामी घर जान चाहान्छौ” भन्दै हिजो साँझ नारा जुलुस गरे ।

कुवेत स्थित कव्ड सेल्टरमा उनीहरु आन्दोलित भए पछि प्रहरीले सम्झाएर शान्त गर्न सकेन त्यसपछि टियर ग्यास प्रहार गर्यो र केहीलाई कानूनी कारबाहीका लागि पक्राउ गरेर लगेपछि स्थिती नियन्त्रणमा आएको समाचारमा उल्लेख छ ।

ईजिप्सियन ईलिगल वर्करहरु कुवेतमा खुलेको एम्नेष्टिको फाईदा उठाउन भन्दै सेल्टर बसेको २५ दिन वितिसक्दा पनि घर जान नपाएको भन्दै उनीहरु विद्रोहमा उत्रिएको बताईन्छ । अप्रिलको शुरुवाती दिनमा पनि जीलिप अल शुयोखमा करिब ७ हजार ईजिप्सियनहरुले सडकमा नै मार्च गर्दै घर जान माग गरेका थिए । कुवेत सरकारले ईजिप्ट सरकारलाई आफ्ना नागरिक फिर्ता लान भन्दै पत्र लेखेको भए पनि उताबाट त्यसको कुनै सुनुवाई नभएको बताईएको छ । सोसियल मिडियाहरुमा समेत ईजिप्ट सरकारले फिर्ता लान आनाकानी गरेको र चासो नदेखाएको भन्दै समाचारहरु आएपछि उनीहरु आन्दोलित भएका हुन तर उक्त घट्ना कन्ट्रोल गर्ने क्रममा कोहि पनि घाईते भने भएका छैनन ।

त्यसरी ईजिप्सियन नागरिकहरुको आन्दोलनको एक घण्टा पछि नै कुवेतका लागि ईजिप्टका राजदुतले यसै साता बाट उनीहरुलाई स्वदेश फिर्ता लाने घोषणा गरेका छन । उनका अनुसार पहिलो विमानमा महिला र केटाकेटीहरुलाई लगिनेछ । समाचारमा जनाईए अनुसार कुवेत का विभिन्न ठाउँमा तयार गरिएका ३४ वटा सेल्टरमा करिब २८ हजार ईलिगिल वर्करहरु छन । जसमा ईजिप्टका ६५००, ईन्डियाका ६३००, बंगलादेशका ६००० रहेका छन । नेपालीहरु यति नै छन सेल्टरमा भनेर उल्लेख नगरिए पनि २५०० सय भन्दा धेरै रहेको अनुमान छ । कुवेतमा १ लाख ६० हजार ईलिगलहरु रहेको यहाँको सरकारी तथ्यांक छ ।

ईजिप्सियनहरुको आन्दोलनले कुवेत सरकार निक्कै दवावमा आएको छ र उसले आफ्ना नागरिक छिटो लान सम्बन्धित देशहरुलाई भनेको छ । केही सांसदहरुले भने नागरिक फिर्ता नलाने वा नचाहाने देशसँगको सम्बन्धमा पुर्न विचार गर्न प्रश्न उठाएका छन र भविश्यमा ती देशबाट कुनै पनि नागरिक कुवेतलाई नलिन प्रस्ताव नै पेश गरेका छन । यसरी नै कुवेत फण्डबाट विकाशोन्मुख ति देशहरुलाई दिईदै आएको विकाश साहायता समेत रोक्न माग गरेका छन । कुवेतमा कोरोना भाईरसले उत्पन्न गरेको अप्ठयारो अवस्था झन झनै बढदो छ । दिनहुँ सयौको संख्यामा नयाँ संक्रमित फैलने क्रम रोकिएको छैन ।


सम्बन्धित शीर्षकहरु

पाल्पा र गुल्मीको संगमस्थल रुरु क्षेत्र धाममा पहिलो पटक शालिग्राम महोत्सव गरिएको छ। कालीगण्डकीमा पाइने शालिग्रामको प्रचारप्रसार गर्ने उद्देश्यले शुक्रबारदेखि…

स्वस्थ रहनका लागि राति राम्रो र गहिरो निद्रा लिनु जरुरी छ। तर, आजको व्यस्त जीवनमा धेरै मानिसहरू ढिलो सुत्छन्। कोही…

पाकिस्तानको सरकारी सञ्चारमाध्यम पिटिभी न्यूजका अनुसार ‘बुनयान मर्सूस’ कारवाही अन्तर्गत पाकिस्तानले भारतको विद्युत् वितरण प्रणालीमा (पावर ग्रिड)मा साइबर आक्रमण गरेको…

प्रतिकृयाहरू
...