Wednesday 22nd July 2026

ईजिप्सियनहरुले सेल्टरमा नारा जुलुस गरे


तोयानाथ उपेक्षित, ईलिगलहरुलाई राखिएको सेल्टरबाट त्यहाँ रहेका ईजिप्सियन नागरिकहरुकोले आफ्नो सरकारलाई दवाव दिन “एम्बेसी कहाँ छ ? हामी घर जान चाहान्छौ” भन्दै हिजो साँझ नारा जुलुस गरे ।

कुवेत स्थित कव्ड सेल्टरमा उनीहरु आन्दोलित भए पछि प्रहरीले सम्झाएर शान्त गर्न सकेन त्यसपछि टियर ग्यास प्रहार गर्यो र केहीलाई कानूनी कारबाहीका लागि पक्राउ गरेर लगेपछि स्थिती नियन्त्रणमा आएको समाचारमा उल्लेख छ ।

ईजिप्सियन ईलिगल वर्करहरु कुवेतमा खुलेको एम्नेष्टिको फाईदा उठाउन भन्दै सेल्टर बसेको २५ दिन वितिसक्दा पनि घर जान नपाएको भन्दै उनीहरु विद्रोहमा उत्रिएको बताईन्छ । अप्रिलको शुरुवाती दिनमा पनि जीलिप अल शुयोखमा करिब ७ हजार ईजिप्सियनहरुले सडकमा नै मार्च गर्दै घर जान माग गरेका थिए । कुवेत सरकारले ईजिप्ट सरकारलाई आफ्ना नागरिक फिर्ता लान भन्दै पत्र लेखेको भए पनि उताबाट त्यसको कुनै सुनुवाई नभएको बताईएको छ । सोसियल मिडियाहरुमा समेत ईजिप्ट सरकारले फिर्ता लान आनाकानी गरेको र चासो नदेखाएको भन्दै समाचारहरु आएपछि उनीहरु आन्दोलित भएका हुन तर उक्त घट्ना कन्ट्रोल गर्ने क्रममा कोहि पनि घाईते भने भएका छैनन ।

त्यसरी ईजिप्सियन नागरिकहरुको आन्दोलनको एक घण्टा पछि नै कुवेतका लागि ईजिप्टका राजदुतले यसै साता बाट उनीहरुलाई स्वदेश फिर्ता लाने घोषणा गरेका छन । उनका अनुसार पहिलो विमानमा महिला र केटाकेटीहरुलाई लगिनेछ । समाचारमा जनाईए अनुसार कुवेत का विभिन्न ठाउँमा तयार गरिएका ३४ वटा सेल्टरमा करिब २८ हजार ईलिगिल वर्करहरु छन । जसमा ईजिप्टका ६५००, ईन्डियाका ६३००, बंगलादेशका ६००० रहेका छन । नेपालीहरु यति नै छन सेल्टरमा भनेर उल्लेख नगरिए पनि २५०० सय भन्दा धेरै रहेको अनुमान छ । कुवेतमा १ लाख ६० हजार ईलिगलहरु रहेको यहाँको सरकारी तथ्यांक छ ।

ईजिप्सियनहरुको आन्दोलनले कुवेत सरकार निक्कै दवावमा आएको छ र उसले आफ्ना नागरिक छिटो लान सम्बन्धित देशहरुलाई भनेको छ । केही सांसदहरुले भने नागरिक फिर्ता नलाने वा नचाहाने देशसँगको सम्बन्धमा पुर्न विचार गर्न प्रश्न उठाएका छन र भविश्यमा ती देशबाट कुनै पनि नागरिक कुवेतलाई नलिन प्रस्ताव नै पेश गरेका छन । यसरी नै कुवेत फण्डबाट विकाशोन्मुख ति देशहरुलाई दिईदै आएको विकाश साहायता समेत रोक्न माग गरेका छन । कुवेतमा कोरोना भाईरसले उत्पन्न गरेको अप्ठयारो अवस्था झन झनै बढदो छ । दिनहुँ सयौको संख्यामा नयाँ संक्रमित फैलने क्रम रोकिएको छैन ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी रक्षामन्त्री पिट हेगसेथ (Pete Hegseth) ले इरानसँग जारी युद्धका क्रममा अमेरिकाको सैन्य खर्च अहिलेसम्म ३७.५ अर्ब अमेरिकी डलर पुगेको…

कुवेतको विद्युत्, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालय ले ऊर्जा तथा पानी आपूर्ति प्रणालीलाई स्थिर राख्न आपतकालीन प्रयास तीव्र बनाएको छ।…

अमेरिका–इरानबीच बढ्दो तनावका बीच अमेरिकाका B-1 Lancer रणनीतिक बमवर्षक विमानहरू बेलायतबाट मध्यपूर्वतर्फ प्रस्थान गरेको विभिन्न रिपोर्टहरूले जनाएका छन्। यी विमानहरू…

प्रतिकृयाहरू
...