Wednesday 17th June 2026

कुवेतमा आज पनि एक नेपाली सहित १८३ जनामा कोरोना संक्रमण,१ जनाको मृत्यु


हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा अप्रिल-२६ तारिक आइतबार सम्म ४३ नेपाली सहित ३०७५ जना संक्रमित भएका छन।कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा १८३ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा १ नेपाली सहित ५२ जना भारतिय नागरिक रहेका छन।

यसै गरि पछिल्लो २४ घन्टामा ५७ बर्षिय इरानी नागरिकको मृत्यु भएको छ भने कुवेतमा अहिले सम्म कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ।यसै गरि पछिल्लो २४ घन्टामा १५० जनाले स्वास्थ्य लाभ गरेका छन।केही दिन देखिको पछिल्लो प्रकाशित सरकरी डाटा हेर्दा अधिकांश संक्रमित आप्रबासीहरु रहेको देखिन्छ भने त्यसमा पनि भारतियहरु अत्याधिक रहेका छन।त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ।

आज प्रकाशि समाचारमा जनाईए अनुसार जम्मा ३०७५ संक्रमित मध्ये ६१ जना गम्भीर अबस्थामा रहेको जनाइएको छ भने अहिले सम्म ८०६ जनाले स्वास्थ्य लाभ गरिसकेका छन।


सम्बन्धित शीर्षकहरु

इरानी अधिकारीहरूले अमेरिका–इरान शान्ति सम्झौतालाई अमेरिका र इजरायलमाथिको रणनीतिक तथा राजनीतिक विजयका रूपमा चित्रण गरेका छन्। तेहरानको दाबी अनुसार महिनौंसम्म…

विगत साढे तीन महिनाभन्दा बढी समयदेखि मध्यपूर्वलाई अशान्त बनाउँदै आएको अमेरिका र इरानबीचको युद्ध अन्त्यका लागि दुवै देश एक ‘शान्ति…

बेरुत। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र रक्षामन्त्री इजरायल काट्जले लेबनानको राजधानी बेरुतको दक्षिणी उपनगरस्थित दहियाह जिल्लाभित्र रहेको हिजबुल्लाहको नयाँ पहिचान…

प्रतिकृयाहरू
...