Sunday 1st November 2026

कुवेतमा एकै दिनमा ६ नेपाली सहित २७८ जनामा कोरोना संक्रमण,४ जनाको मृत्यु


हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा अप्रिल-२५ तारिक शनिबार सम्म ४२ नेपाली सहित २८९२ जना संक्रमित भएका छन।

कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा २७८ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ६ नेपाली सहित १०९ जना भारतिय नागरिक रहेका छन।यसै गरि पछिल्लो २४ घन्टामा ५९ बर्षिय भारतिय, ७४ बर्षिय कुवेती महिला,६४ बर्षिय बंगालादेशी र ४५ बर्षिय इजिप्सियन नागरिकको मृत्यु भएको छ भने कुवेतमा अहिले सम्म कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ।

केही दिन देखिको पछिल्लो प्रकाशित सरकरी डाटा हेर्दा अधिकांश संक्रमित आप्रबासीहरु रहेको देखिन्छ भने त्यसमा पनि भारतियहरु अत्याधिक रहेका छन।त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ।आज प्रकाशि समाचारमा जनाईए अनुसार जम्मा २८९२ संक्रमित मध्ये ५८ जना गम्भीर अबस्थामा रहेको जनाइएको छ भने अहिले सम्म ६५४ जनाले स्वास्थ्य लाभ गरिसकेका छन।


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...