Thursday 10th September 2026

कुवेतमा एकै दिनमा ६ नेपाली सहित २७८ जनामा कोरोना संक्रमण,४ जनाको मृत्यु


हरि कृष्ण न्यौपाने – कोरोना भाईरस(कोभिड-१९)बाट कुवेतमा अप्रिल-२५ तारिक शनिबार सम्म ४२ नेपाली सहित २८९२ जना संक्रमित भएका छन।

कुवेतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारिका आधारमा अरब टाइम्सले जनाए अनुसार पछिल्लो २४ घन्टामा २७८ जनामा कोरोना संक्रमण देखिएको हो, जसमा ६ नेपाली सहित १०९ जना भारतिय नागरिक रहेका छन।यसै गरि पछिल्लो २४ घन्टामा ५९ बर्षिय भारतिय, ७४ बर्षिय कुवेती महिला,६४ बर्षिय बंगालादेशी र ४५ बर्षिय इजिप्सियन नागरिकको मृत्यु भएको छ भने कुवेतमा अहिले सम्म कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ।

केही दिन देखिको पछिल्लो प्रकाशित सरकरी डाटा हेर्दा अधिकांश संक्रमित आप्रबासीहरु रहेको देखिन्छ भने त्यसमा पनि भारतियहरु अत्याधिक रहेका छन।त्यसैले अहिले आप्रवासी कामदारहरु रहेका बासस्थानहरुमा कुवेत सरकारले विशेष निगरानी राखी रहेको छ।आज प्रकाशि समाचारमा जनाईए अनुसार जम्मा २८९२ संक्रमित मध्ये ५८ जना गम्भीर अबस्थामा रहेको जनाइएको छ भने अहिले सम्म ६५४ जनाले स्वास्थ्य लाभ गरिसकेका छन।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध नोभेम्बरमा हुने मध्यावधि निर्वाचनपछि मात्र अन्त्य हुने बताएका छन्। उनले इरानले लामो समयसम्म युद्ध…

यमनको पेरिम टापु अहिले निकै महत्वपूर्ण बनेको छ। यो टापु बाब अल–मन्दब नामक समुद्री मार्गमा पर्छ, जहाँबाट विश्वका धेरै तेल…

जोर्डनस्थित अमेरिकी सैन्य हवाई अड्डा Muwaffaq Salti Air Base मा राति भएको इरानी ब्यालिस्टिक मिसाइल हमलामा अमेरिकी सेनाका एक A-10…

प्रतिकृयाहरू
...