Monday 8th June 2026

नेपाली जन-सम्पर्क समिती कुवेतद्वारा प्रेस बिज्ञप्ति जारी


तितोपाटी- नेपाली जनसम्पर्क समिती कुवेतले, कुवेतमा रहेका अवैधानिक नेपालीहरूलाई तत्काल कुवेत सरकारसंग समन्वय गरी तोकिएको समयमा सहज र सुरक्षीत रुपमा नेपाल फर्काउनु पर्ने माग सहित विज्ञप्ति जारी गरेको छ।

कुवेत सरकारले गत १ एप्रिल देखी यहाँ कार्यरत अबैधानिक कामदारलाई आममाफीको अबसर घोषणा गरेको छ ।

कोरोना भाइरस(Covid 19) संक्रमणको महामारीमा रहेको र कुवेत सरकारद्वारा जारी आममाफी बारेमा नेपाली जन-सम्पर्क समिती कुवेतद्वारा जारी विज्ञप्तीका अनुसार यस्तो अबसरलाई कसरी सदुपयोग गर्ने भनेर धेरै नेपाली कामदारमा अन्यौल रहेको र नेपाली राजदूत कुवेत तथा नेपाल सरकारले ज़िम्मेवारी पूर्वक आफ्ना नागरिकलाई तोकीएको समय भित्र स्वदेश फर्काउनु पर्ने साथै आफ्ना नागरिक सुरक्षाको उच्च व्यवस्थापन गरीनु पर्ने माग गरेको छ।

यसै सन्दर्भमा कुवेत सरकारले चालेको सह्रानीय कदमहरु मध्ये गैर- कानुनी रुपमा कार्यरत आप्रवासी कामदारहरुलाई बिना सर्त आफ्नै खर्चमा आप्रबासी नागरिकहरुलाई क्वाइरेन्टाइन व्यवस्था गरि कोरोना जाँच पश्चात MOH कुवेतले ,तोकेको मापदन्ड अनुसार संक्रमित रहेका हरूलाई उपाचार गर्ने, स्वस्थ्य रहेकाहरुलाइ स्वदेश फर्काउने तथा पुन: कुवेत प्रबेश गर्ने इच्छुक ब्यक्ति सजिलै आउन सकिने छ।

जन-सम्पर्क समिती कुवेतद्वारा जारी बिज्ञप्ति जस्ताको त्यस्तै


सम्बन्धित शीर्षकहरु

इरानले इजरायलमाथि नयाँ मिसाइल आक्रमण गरेको छ, जसलाई इजरायली सेनाले अवरोध गरेको जनाएको छ। बेरुतमा भएको आक्रमणपछि इरानले प्रतिकार गर्ने…

वास्तवमा, वैज्ञानिकहरूले मंगल ग्रह पूर्ण रूपमा "विनाश" भएको ग्रह हो भनेर मान्दैनन्, तर एक समय पृथ्वीजस्तै बढी सक्रिय र सम्भवतः…

सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा आइतबार सम्पन्न एशियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिता २०२६ को पहिलो सेमिफाइनल खेलमा नेपालले ओमानमाथि ८…

प्रतिकृयाहरू
...