Saturday 31st May 2025

नेपाली जन-सम्पर्क समिती कुवेतद्वारा प्रेस बिज्ञप्ति जारी


तितोपाटी- नेपाली जनसम्पर्क समिती कुवेतले, कुवेतमा रहेका अवैधानिक नेपालीहरूलाई तत्काल कुवेत सरकारसंग समन्वय गरी तोकिएको समयमा सहज र सुरक्षीत रुपमा नेपाल फर्काउनु पर्ने माग सहित विज्ञप्ति जारी गरेको छ।

कुवेत सरकारले गत १ एप्रिल देखी यहाँ कार्यरत अबैधानिक कामदारलाई आममाफीको अबसर घोषणा गरेको छ ।

कोरोना भाइरस(Covid 19) संक्रमणको महामारीमा रहेको र कुवेत सरकारद्वारा जारी आममाफी बारेमा नेपाली जन-सम्पर्क समिती कुवेतद्वारा जारी विज्ञप्तीका अनुसार यस्तो अबसरलाई कसरी सदुपयोग गर्ने भनेर धेरै नेपाली कामदारमा अन्यौल रहेको र नेपाली राजदूत कुवेत तथा नेपाल सरकारले ज़िम्मेवारी पूर्वक आफ्ना नागरिकलाई तोकीएको समय भित्र स्वदेश फर्काउनु पर्ने साथै आफ्ना नागरिक सुरक्षाको उच्च व्यवस्थापन गरीनु पर्ने माग गरेको छ।

यसै सन्दर्भमा कुवेत सरकारले चालेको सह्रानीय कदमहरु मध्ये गैर- कानुनी रुपमा कार्यरत आप्रवासी कामदारहरुलाई बिना सर्त आफ्नै खर्चमा आप्रबासी नागरिकहरुलाई क्वाइरेन्टाइन व्यवस्था गरि कोरोना जाँच पश्चात MOH कुवेतले ,तोकेको मापदन्ड अनुसार संक्रमित रहेका हरूलाई उपाचार गर्ने, स्वस्थ्य रहेकाहरुलाइ स्वदेश फर्काउने तथा पुन: कुवेत प्रबेश गर्ने इच्छुक ब्यक्ति सजिलै आउन सकिने छ।

जन-सम्पर्क समिती कुवेतद्वारा जारी बिज्ञप्ति जस्ताको त्यस्तै


सम्बन्धित शीर्षकहरु

अक्टोबर ७, २०२३ मा सुरु भएको युद्धको छ सय दिन बितिसक्दा पनि इजरायलले गाजामा हमासको लगभग सबै वरिष्ठ नेतृत्वलाई समाप्त…

एजेन्सी -भारतमा कोरोना भाइरस संक्रमणवाट मृत्यु हुनेको संख्या ११ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १०४७ पुगेको छ। जसअनुसार सबैभन्दा…

इराकी सरकारले इराकको स्वायत्त कुर्दिश क्षेत्रसँग अमेरिकी ऊर्जा कम्पनीहरूको सम्झौतालाई समर्थन गरेको मंगलबार संयुक्त राज्य अमेरिकाले बताएको छ। क्षेत्रीय प्रधानमन्त्री…

प्रतिकृयाहरू
...