Sunday 1st November 2026

खाडीमा कोरोना अपडेट : सबै भन्दा बढी साउदीमा संक्रमित


चन्द्र गोतामे – चीनको वुहानबाट शुरु भएको कोभिड -१९ कोरोना भाइरस खाडी मुलुकमा समेत संक्रमण हुनेको संख्या दिनानुदिन बढ्दै गईरहेको छ । कोरोना भाइरसबाट सबै भन्दा बढी साउदी अरेबियामा संक्रमण देखिएको छ । साउदीमा हालसम्ममा कोरोना भाइरसबाट ३१२२ जना संक्रमित भएका छन । साउदीमा कोरोना भाइरसबाट ४१ जनाले ज्यान गुमाएका छन ।

युएईमा कोरोना भाइरसबाट २६५९ जना संक्रमित भएका छन । युएईमा कोरोना भाइरसबाट १२ जनाले ज्यान गुमाएका छन । कतारमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २२१० जना रहेको छ । कतारमा हालसम्ममा ६ जनाले ज्यान गुमाएका छन । कुवेतमा कोरोना भाइरसबाट हालसम्ममा ८५५ जना संक्रमित भएका छन । कोरोना भाइरसबाट खाडी मुलुकमा सबै भन्दा कम संख्या १ जनाले मात्र कुवेतमा ज्यान गुमाएका छन ।

बहराइनमा कोरोना भाइरस संक्रमणको संख्या ८२१ जना रहेको छ । कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ जना पुगेको छ । त्यसैगरी खाडी मुलुकमा सबै भन्दा कम कोरोना भाइरसको संक्रमण ओमान देखिएको छ । अहिले सम्ममा ४१९ जना संक्रमित भएका छन भने २ जनाले ज्यान गुमाएका छन ।

खाडी राष्ट्रमा कोरोना भाइरसबाट संक्रमित नेपालीहरुको संख्या यस प्रकार रहेको छ । 

बहराइन – २२ जना, संयुक्त अरब इमिरेट्स (युएई) – ११ जना, साउदी – ४ जना, कुवेत – ३ जना , कतार – ०, ओमान – ०

खाडी राष्ट्रमा कोरोना भाइरसबाट मृत्यु हुने नेपालीहरुको संख्या यस प्रकार रहेको छ ।

बहराइन – ०,  संयुक्त अरब इमिरेट्स (युएई) – १ जना ,  साउदी – ०, कुवेत – ० ,कतार – ०,  ओमान – ०


सम्बन्धित शीर्षकहरु

तेहरान । इरानका वरिष्ठ राजनीतिक व्यक्तित्व तथा वैज्ञानिक डा. मोहम्मद जावाद लारिजानीले आफ्नो देशको परमाणु प्रविधि र क्षमताबारे विवादास्पद दाबी…

वासिङ्टन । आज सुक्खा, धुलाम्मे र हावाले उडाएको मरुभूमिजस्तो देखिने मङ्गल ग्रहको एउटा उपत्यकामा अर्बौं वर्षअघि नदी बग्थ्यो भन्ने प्रमाण…

लोकतान्त्रिक गणतन्त्र कंगो (DR Congo) मा फैलिएको इबोला महामारीबाट हालसम्म ५,००० भन्दा बढी मानिसको मृत्यु भएको छ। सरकारी तथ्याङ्कअनुसार मे…

प्रतिकृयाहरू
...