Wednesday 29th July 2026

कविता : बिन्ती बाहिर नजाऊ


न कसैले बनाएर पठायो
न कसैले विश्व जित्न
अस्त्र पहार गर्यो
कत्रा कत्रा वैज्ञानिक त
अनविज्ञ छन् यस बारेमा
म यस्को वर्णन
कहाँ गर्न सक्छु र
म मौन छु, म स्तब्ध छु
कोराना भाइरस संग
त्रसित छु
त्यसैले त म
घरभित्रै बन्धक छु ।

यो प्राकृतिक प्रकोप हो
यो महामारी हो
ऐ ! ठुला राष्ट्रका
राष्ट्र नायकहरु हो
तिमीहरुको दोहोरीमा
न कुनै तुक छ
न कुनै तार्किक निष्कर्ष नै
त्यसैले एकले अर्कालाई
दोषारोपण गरेर समय
बर्बाद गर्नु भन्दा
अाफ्नो नागरिक को
जीवन रक्षाको लागि
ठोस कदम चाल्न
शुरु गर
हैन भने
ढाडुमा पानी तताउदै डुबेर मर ।

यो मजाक हुदै होइन
यो अदृश्य अातंक हो
एक ,दस ,सय ,हजार
लाख हुदै करोड पुग्न
धेरै समय लाग्दैन ।
दिन दिनै बिश्व जनघनत्व
ह्रास हुँदै छ
कोभिड १९ ले
एक पछि अर्को लाई छुदैछ ।

न यो ढ्याङग्रो ठटाएर भाग्छ
न त देवि देउता भाकेर नै
न भगवान ले भगाउन सक्छन्
न यशु न त अल्ला ले नै
अाफ्नो मनोवल उच्च राखौ
होशियारी पूर्वक यसको सामना गरौ ।

यो विश्व युद्ध हो
हामी एक भएर लडौ
सामाजिक दुरी कायम राखौ
सरसफाइ मा ध्यान दिऊ
बेकाममा घरबाट बाहिर ननिस्कअौं
यहि छ उत्तम उपाय
सोचौ घर भित्रै बस्नुपर्ने
भनवानले दिएछन् सजाय ।

जीवन रहे भोलि
कमाउला पैसा
जोडौला घर घडेरी
साथी संगि मलेर गरौला
मोज मस्ती
विन्ति केही समय हो
बिरालो को डरले मुसो
दुलो मा लुके झै गरि
हामी पनि घर भित्रै लुकौ
मीठो मसिनो जे छ त्यहि
खाऊ बिन्ति बाहिर नजाऊ
बिन्ति बाहिर नजाऊ ।

माधब पाैडेल “असलयात्री”


सम्बन्धित शीर्षकहरु

साउदी अरबले इराकमा रहेका इरान समर्थित मिलिसिया समूहका ठेगानामाथि बुधबार लक्षित हवाई आक्रमण गरेको जनाएको छ। साउदी रक्षा मन्त्रालयका अनुसार…

पाकिस्तान प्रशासित कश्मीर (आजाद जम्मू–कश्मीर) मा विगत केही सातादेखि जारी प्रदर्शन, बन्द र सडक अवरोधपछि अवस्था हिंसात्मक बनेको छ। प्रदर्शनकारी…

अमेरिका–इरान युद्धपछि यमनका हुथी विद्रोही र साउदी अरब बीचको तनाव फेरि चर्किएको छ। हुथीहरूले साउदी अरब र लाल सागर क्षेत्रमा…

प्रतिकृयाहरू
...