Saturday 25th January 2025

चेत खोल्दियो कोरोनाले अब घर फर्कौ


तोयानाथ उपेक्षित, शायदै कोरोनाको माहामारी हुने थिएन भने हामीले भुल्दै गएको देश र धर्म सँस्कृतिको महत्व थाहा पाउन अझै कयौ बर्ष लाग्ने थियो होला । त्यतिवेला हामीले प्रयत्न गरेर पनि देश पाउन र पहिचान अगाल्न ढिलो भईसकेको हुन सक्थ्यो होला तर अहिले कोराना ले सवैको मथिङ्गल मा नयाँ चिन्तन पैदा गरिदिएको छ ।

मानव नै विनाशको चरणमा पुगिसकेको हो भने हामी ले आफूलाई बचाउन ढिला गरिसकेछौ भनेर प्रकृतिले दिएको सजाय स्वीकार गर्न पर्दछ यदि त्यसो हैन र अझै पनि मानिसहरुले यो महामारीबाट पार पाउने संभावना जीवीत छ भने यसपटको यो भयावह अवस्थालाई दैविक भन्नुस या प्राकृतिक जस्तो रुपमा बुझे पनि यो चेतावनी हो अव सवैको चेत खुल्न जरुरी समय हो भनेर चिन्तन गर्न पर्दछ ।

यो लेखको आशय यति नै हो म जस्तो अपुंगो लाई पनि हिन्दु धर्मको बैज्ञानिकताको बोध अहिले कोरोनाले गराउदैछ । हिन्दु भएर हिन्दु धर्मका मुल्य मान्यताको नै उपहास गर्नमा हामी निक्कै सभ्य सम्झन्थ्यौ । विहानै बाहुन ले शंख फुकेको कुरामा समेत आपति गर्ने संख्या को कमि थिएन । खाना खान भन्दा पहिले अपसानी हाल्ने, चुलो चौका गोवरले लोटाउने र पोत्ने कुरा त ह्ेयभावको दृष्टिले हेर्ने को कमी छैन र गरिब परिवारको झुपडी र माटाका भान्साघरको बाध्यता हो भन्नेमा हाम्रो तर्क हुन्थ्यो होला तर यी सवै तर्कलाई कोरोना ले खारेज गरिदिएको छ । ती सवै बैज्ञानिक थिए र छन ।

अहिले कोरोनाको संक्रमितको संसर्गमा आएकालाई २ साता आईसोलेसन मा बस्न भनिएको छ । त्यो त हाम्रो धर्म सस्कारले हजारौ बर्ष पहिले नै सिकाएको रहेछ । क्रियापुत्रीले २ साता आईसोलेसनमा बस्न पर्दछ अर्थात १३ दिन कोरा बारेर बस्न पर्दछ । दिनहुँ नहाउनु पर्दछ । तोकिएको बस्त्र र बेड मात्र प्रयोग गर्न पर्ने हुन्छ । नुन लगायतका कतिपय खाद्य कुरा बारिन्छ । कसैलाई छुन हुदैन । यस्ता नियम यसै बनाईएका होईन रहेछन । त्यतिबेला नै मृतृकको स्याहार चाकर गर्नेहरु, उनीहरुको नियमित संसर्गमा रहेका एका घर परिवारका सदस्यहरु कुनै पनि घातक रोगको संक्रमणबाट संक्रमित भएका हुन पनि सक्छन र उनीहरुलाई क्रियाका नाममा आईसोलेसनको विधिबाट समाज बाट अलग गरिएको कुरा कति सटिक र बैज्ञानिक छ आफै मनन गरौ ।

भाईरस हुन्छ भन्ने ती हिन्दु बेत्ता तत्वज्ञानीहरुलाई भएर नै यस्ता नियम बनाईएका रहेछन भनेर बुझन अब कोरोनाले झकझकाएको छ दुनियालाई । विहानै फुकिएको शंक को आवज र बाताबरणीय कम्पनले के सम्म गर्दछ अध्यायन गरौ । आपसानी हालेको पानीको रेखा र पातमा मन्छाईएको खानाको अंशको विश्लेषण गरौ । विहान सूर्यतिर फर्केर गरिने प्राथना वा मन्त्रजापको बैज्ञानिकता खोजौ । आँगनमा तुलसाको मठ त घरका लागि आईसीयु नै रहेछन नी । बरपीपलको महत्व को बैज्ञानिकता कति पोख्त छ । हामीले लिने सासका लागि बृक्ष देखि ढुंगा सम्मको अर्थ छन । विधि विधान बैज्ञानिक छन ।

यतिबेला नेपालीहरु संसारको कुना कुनामा पुगेका छन । देशका शासकलाई कठालो समाउन भन्दा आफै आफ्नो र परिवारको सुख खोज्दै संसार पुग्ने क्रममा मौका पाउनेले देशलाई नै लत्याई दिएका छौ । युरोप, अमेरिका र अस्ट्रेलिया जस्ता देशले दिएको पिआर र ग्रिन कार्ड हामीलाई यति प्यारो भईदियो हामीले आमालाई नै विर्सिदियौ । एक थरी देश लुट्ने लुटाहाले ती देशलाई आफ्नो लागि सेफ जोन ठानेर उता सरे । कतिपय कमाउन र पढ्न जानेहरुले आफूलाई मान र शानका लागि उतैको बासिन्दा बनाए । तर माफ गर्नु होला कोरोनाले पक्कै पनि देश सम्झाई दिएको होला निर्णय कस्तो गर्ने तपाईको विचार ।
पैसा जति कमाए पनि कोरोनाले आज आफ्नो देशको महत्व बुझाई दिएको छ । ती देश भन्दा हाम्रो देश नेपाल कुनै अर्थमा गरिब होईन रहेछ । उनीहरुलाई अहिले खाद्यान्न नपाएर भोकभोकै मरिने हो की डर पलाएको स्थिती छ, हामी त राजधानीलाई सजिलो होस भनेर गाउँ जादैछौ । नेपालका गाउँ कुनै विपत्तीले पनि डराउदैनन । उर्वर जमिन छ अनि जागरिला पाखुरी छन । पैसा नकमाए पनि मानिसका ओठमा मुस्कान छन । अतिथी सत्कार खुशी भएर गर्दछन । भोकले कोही अझसम्म गाउँमा मान्छे मरेका छैनन ।

भीडभाड र कोलाहल को व्यस्त जिवन होईन सुन्दर डाडा,पाखा, पखेरो लाई उर्वर, विकशित र सुविधासम्पन्न बनाउन पाए संसारको कुनै देशले हाम्रो माटो र बैभवलाई जित्दैनन । अब त सम्झन परर्यो । सवै एनआरएनए भएर नसोचौ, नेपाली भएर देखाउन लागौ । नेपाल धनी छ, यसलाई सुखी बनाऔ । कोरोनाको कहर ले देशको महत्व र माटोको सुगन्ध लिन आतुर बनौ । बाचिएछ भने अवश्य स्वदेश फिरौ ।


सम्बन्धित शीर्षकहरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले तेहरान विरुद्ध सैन्य हमला नगरीकनै इरानी आणविक संकट समाधान हुने आशा व्यक्त गरेका छन्। ट्रम्पले…

सबै मिलेर स्वाभिमानी,आत्मनिर्भर नेपाल बनाउनु छ अब यो एउटा अभियानको रुपमा सुरु गर्नुपर्छ ।। धेरै कुरा सोचेर नयाँ योजना बनाउनु…

ताली बजाउनेहरु धेरै देखेँ गालीमा रमाउनेहरू धेरै भेटेँ पैताला सधैँ जमीनमा राखेँ सिर सधैँ ठाडो पारेँ पैतालाको समस्याले जमीन भासिएन…

प्रतिकृयाहरू
...