Saturday 14th February 2026

एम्नेष्टि बाट नेपालीले फाईदा उठाउन सक्छन ?


तोयानाथ उपेक्षित, गैर कानूनी रुपमा कुवेत भित्र लुकीछिपी रहेकाहरुलाई कुनै जरिमाना विना आफ्नो घर जान पाउने मौका कुवेत सरकारले दिएको छ । घोषित समाचार अनुसार उक्त सुविधा आगामी अप्रिल १ बाट अप्रिल ३० सम्मलाई हो ।

यतिबेला विश्व परिवेश भने लक डाउनमा रहेको अवस्था छ । काम गर्ने, गराउने सवै लक डाउनको सामना गरिरहेको अवस्थामा गैर कानूनी रुपमा रहेका मात्र नभएर कानूनी रुपमा रहेकाहरु पनि ठुलो संख्यामा काम विहिन बनेको अवस्था छ । त्यसो त कुवेत सरकारले सवै रोजगारदाता कम्पनीहरुलाई कुनै पनि बहानामा श्रमिकको तलब रोक्न नमिल्ने भनेको छ तर व्यवहारिक पाटो सहज हुदैन । तलबका लागि स्पोन्सरसँग कानूनी लडाई र झगडा गर्न सवै कामदारहरुको बुताले भ्याउदैन ।

यतिबेला कुवेतमा खुलेको एम्नेष्टिबाट कसरी फाईदा उठाउने भन्ने सवाल पनि निक्कै पेचिलो छ । सरकारले घोषणा गरेपछि सम्बन्धित कामदार पठाउने देशका दुतावासहरुलाई कस्तो कदम उठाउने भनेर सरकारले समन्वय गर्ला अहिले नै कुनै टिकाटिप्पणी गर्न हतार हुन्छ तर एउटा कुरा चाहि के निश्चित हो भने यो एम्नेष्टिको फाईदा नेपालीहरुले उठाउन सक्ने सम्भावना भने न्युन देखिन्छ ।

नेपाल सरकारले देशव्यापी लक डाउन र विमानस्थल समेत बन्द गरेको अवस्थाको अन्त्य एक महिनाको अवधी भित्र होला भन्न कठिन छ । यता कुवेतमा रहेका ईलिगल कामदारहरुलाई नेपाली दुतावासले आव्हान सेवा प्रवाह गर्न वा कानूनी परामर्श दिन र पुरा गर्न पर्ने विधी का लागि हिडडुल गर्न यातायातको कठिनाई छ । बसहरु बन्द छन र ट्याक्सी को सेवा पनि हिजैबाट बन्द भईसकेको छ । यस्तो अवस्थामा के कसरी उनीहरुलाई मौकाको लाभ उठाउने बाटो खोल्ने भन्ने प्रष्ट भईसकेको छैन ।

यसो त यस्तो अवस्थामा विमानसेवा भईदिने हो भने ईलिगल भन्दा धेरै लिगल कामदारहरु नै नेपाल फर्कन तयार छन । कोरोना फ्रि को सर्टिफिकटको प्रकृयामा जान र त्यो काम पुरा गर्न पनि सहज छैन । यसो त चाहेमा नहुने भन्ने केही छैन भरखरै कुवेतबाट ३०० फिलिपिनाहरु मनीला पुगीसकेका छन । जहाँजको व्यवस्था हुने र दुवै देशका सरकारबीच समन्वय भएर निश्चित अवधीका लागि लामा प्रकृया को झण्झट नलगाई देश छोडन पाउने हो भने त्यति गाहो कुरा भने होईन । अव सधै लक डाउनमा अर्काको देशमा तनाव सहेर काम नपाएर बस्न भन्दा स्वदेश जान पाए हुन्थ्यो भन्नेको संख्या काफी छ ।

नेपाली दुतावास कुवेतले भरखरै कुवेत सरकारले खुलेको एम्नेष्टिको बारेमा मुख नखोले सम्म “पर्ख र हेर” एक मात्र जवाफ हो ।


सम्बन्धित शीर्षकहरु

अमेरिका र बंगलादेशबीच नयाँ व्यापार सम्झौता भएको केही घण्टामै मंगलबार भारतका प्रमुख कपडा कम्पनीहरूको सेयर मूल्यमा तीव्र गिरावट आएको छ।…

इस्फहान इरानको सबैभन्दा संवेदनशील आणविक स्थलहरूमध्ये एक हो। यहाँ युरेनियम रूपान्तरण, अनुसन्धान तथा भूमिगत संरचनाहरू रहेका छन्। विगत केही वर्षदेखि…

क्यान्सर रोगबाट पीडित हल्दिबारी गाउँपालिका वडा नं. ४ निवासी प्रेम कुमारी लिम्बुको उपचार सहयोगार्थ विभिन्न व्यक्ति तथा संस्थाको पहलमा आर्थिक…

प्रतिकृयाहरू
...