Friday 3rd April 2026

कुवेतमा आजबाट आंशिक कर्फ्यू,सुरक्षित रहौं,नियमलाई मानौ।


हरि कृष्ण न्यौपाने- कुवेतले कोरोना भाइरसको नियन्त्रणका लागि आज मार्च २२ तारिक आईतबार,२०२० का दिन बेलुका ५:०० बजे बाट अर्को दिन बिहान ४:०० बजे सम्म अर्को सुचना नआए सम्म दैनिक ११ घन्टा आंशिक कर्फ्यू लगाउने भएको छ।चिनको हुवानबाट शुरु भएको भनिएको कोरोना भाइरसको संक्रमण बिश्वभर फैलिए पछि यस संक्रमणबाट बच्नकै लागि कुवेत सरकारले लामो छलफल र गृहकार्य पछि आजबाट कर्फ्यू लगाउने भएको हो।हाम्रै स्वास्थ्य सुरक्षाको लागि कुवेतमा कर्फ्यूको घोषणा भएकोले हामी सबैले यहाँको सरकारको नीति निर्देशनलाई पालना गर्दै तोकिएको समय सम्म घर भित्रै रहेर कोरोना भाईरसबाट बच्ने न्यूनतम उपायहरु अबलम्बन गरि सुरक्षीत रहनु जरुरी छ।
कुवेत सरकारले १२ मार्चबाटनै १५ दिनको लागि सार्बजानिक बिदा दिदै अत्यावश्यक काममा बाहेक ननिस्कन सबैलाई आग्रह गर्दै लक डाउन गरेको थियो।अब यो समय अबधी पनि दुई हप्ता बढाएर एप्रिल ९ तारिक सम्म बनाईएको छ।आजबाट शुरु गरिने आंशिक कर्फ्यूको उल्लंघन नगर्न कुवेत सरकारले आफ्ना नागरिकहरु र कुवेतमा रहेका सम्पूर्ण आप्रवासी कामदारहरुलाई विभिन्न संचार माध्यमबाट अनुरोध गरिरहेको छ। त्यति मात्र होइन कर्फ्यू उल्लंघन गरेमा ३ बर्ष जेल र १० हजार कुवेती दिनार(नेरु करिब ३७लाख ५० हजार) जरिवाना गरिने बताएको छ।
हरेक दिन बिहान ४ बजेबाट बेलुकी ५ बजे सम्म कर्फ्यू हटाइने हुँदा उक्त समयमा अत्यावश्यक कामका लागि मानिसहरु बाहिर जान सक्नेछन।त्यति मात्र होइन कुवेतमा दैनिक उपभोग्य समानको परिपुर्तिको लागि राम्रो ब्यबस्था गरेको बताउदै कर्फ्यूबाट नतर्सिन र संयमित हुन सबैलाई अनुरोध गरिएको छ।सबै दैनिक उपभोगका सामानहरु निर्धारित समय भित्र सबै ठाउमा पहिले जस्तै सहज रुपमा पाइने छ।
त्यसैले बिश्वभर महामारिको रुपमा फैलिएको कोरोना भाइरसले कुवेतमा अझ धेरै क्षती नपूर्याओस भनेर कुवेतमा रहेका आफ्ना नागरिक र सम्पूर्ण आप्रबासी नागरिकहरुको सुरक्षार्थ कुवेत सरकारले लागू गरेको नीति-नियमलाई हामी सबैले पालना गरौ।सबैले कोरोना भाइरसबाट बच्ने र बचाँउने न्यूनतम उपायहरु अबलम्बन गरौं।यदि कुवेतमा कोहि नेपालिहरुलाई कोरोना संक्रमणको लक्ष्यण देखा परेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्दै नेपाली राज दूतावास कुवेतको हटलाइन नं:-९८८६९१२१ मा सम्पर्क गरि आफ्नो सुरक्षार्थ सहयोगको अपिल गरौं।जो जहाँ र जसरी रहे पनि कुवेत सरकारले कोरोना संक्रमणको नियन्त्रणका लागि चालिएको नीति नियमलाई मानौं, आफू पनि सुरक्षित रहौं र अरुलाई पनि सुरक्षीत रहन प्रेरित गरौं।


सम्बन्धित शीर्षकहरु

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

इरान युद्धका कारण पश्चिम एसियाबाट प्राकृतिक ग्यास र एलएनजी आपूर्तिमा आएको अवरोधले भारतको युरिया उत्पादनमा गम्भीर धक्का लागेको छ। उद्योग…

प्रतिकृयाहरू
...