Sunday 8th June 2025

कुवेत अाएकी पाल्पाकी लाली बिक साढे २ महिनादेखि सम्पर्क विहिन


तितोपाटी – साढे दुइ महिनादेखि कुवेतमा कार्यरत एक नेपाली महिलाको अवस्था अज्ञात रहेको छ ।

पाल्पाको तानसेन नगरपालिका वडा नम्वर–१२ को लुङकु गाउँकी २५ वर्षिया लाली बिकको अवस्था अज्ञात रहेको आफन्तजनले बताएका छन ।

दुई वष अघि भारतको दिल्लीहुँदै कुवेतको एक घरमा काम गर्ने बिकलाई त्यस घर परिवारले यहाँ छाडेर अन्यत्रै गएको र विक साढे दुई महिनादेखि परिवारजनसंग फोन सम्पर्कमा समेत नरहेको गुल्मीको रुरु गाउँपालिका–१ , चिउरेकस्थित उनकी दिदी शान्ति बिकले बताईन् ।

उनले भनिन्–‘त्यस अघि बहिनी टेलिफोन सम्र्पक गरी राख्ने गरेको तर अहिले उनको फोन स्वीचअफ भएको छ । कुनै अप्रिय घटना नहोस् भनेर खोजीका लागि सञ्चार माध्यमको साहरा लिएका हौं । ’
उनका अनुसार उनकी विहिनी बिकलाई कपिलवस्तु तौलिहवा–४ कि सकुन्तला भन्ने महिलाले दिल्लीबाट त्यसतर्फ पठाएकी थिईन् ।

ऋण तिर्ने पैसा समेत नपठाई वेपत्ता भएको परिवारजनले बताए ।

बिकको उद्धारका लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्णराज विष्टको ध्यानकृष्ट गराउँदा उनले तत्काल आफ्नो सचिवालयलाई निर्देशन दिएर उनको खोजी र उद्धारका लागि पहल थाल्न लगाएका छन् ।

उनका स्वकिय सचिव गणेश श्रीपालीले भने–‘मन्त्रीज्यूको गम्भीर ध्यानकृष्ट भई निर्देशन भएको छ । हामीले तत्काल अग्रसरता देखाउने भएका छौं ।’

यस सम्बन्धमा नेपाली राजदूतावासका श्रम सहचारी ज्ञानेन्द्र शर्मालार्इ विषय अवगत गरार्इ स्थिति बुझ्न खोज्दा लाली बिकको विषयमा प्रारम्भिक जानकारी प्राप्त भर्इ अनुसन्धान भर्इरहेको र सम्पुर्ण विवरण प्राप्त गरे पछि सार्वजनिक गरिने बताए ।


सम्बन्धित शीर्षकहरु

नेकपा एकीकृत समाजवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पतन्जली जग्गा प्रकरणमा पुर्वप्रधानमन्त्री एबम अध्यक्ष माधव नेपालमाथि राजनीतिक प्रतिशोधका आधारमा मुद्दा चलाएको…

संयुक्त राज्य अमेरिकाले नेपाली नागरिकलाई दिएको टेम्पोररी प्रोटेक्टेड स्टाटस (टीपीएस) सुविधा खारेज गरेको छ । योसँगै अमेरिकामा टीपीएसका आधारमा रहँदै…

यसपटक नेपालको बजेटमा सुनमा विलासिता कर घोषणा गरिएको छ। यसले नेपालमा तस्करी गरिएको सुन आउने सम्भावना बढाएको छ। सुन व्यवसायीहरू…

प्रतिकृयाहरू
...