Tuesday 25th August 2026

कोरोनाभाइरसः इटालीमा थप ४१ को मृत्यु


कोरोनाभाइरसको संक्रमणबाट इटालीमा पछिल्लो समय बिहीबार थप ४१ जनाको मृत्यु भएको छ।योसँगै इटालीमा यसको संक्रमणबाट मृत्यु हुनेको संख्या १४८ पुगेको छ। यो कोरोनाभाइरसको सर्वाधिक चपेटामा परेको चीनबाहिर भएको सबैभन्दा ठूलो क्षति हो।

संसारभर हालसम्म ३ हजार जनाको कोरोनाभाइरसको संक्रमणबाट ज्यान गइसकेको छ भने ९५ हजार मामिलाहरू दर्ता भएक छन् इटालीका सम्पूर्ण २२ क्षेत्रमा यसको संक्रमण फैलिएको पुष्टि भएको छ।

संक्रमणसँग जुध्न रोमले ८.४ विलियन अमेरिकी डलरको उद्धार योजना अघि सारेको छ। उसले देशभरका स्कूल कलेजसमेत बन्द गरेको छ।

यसैगरी बेलायतमा पनि भाइरसको संक्रमणबाट भएको मृत्युको पहिलो मामिला सार्वजनिक भएको अलजजिराले जनाएको छ। सो मृत्यु बिहीबार भएको हो।

यस्तै बोस्निया हर्जगोभिना, स्लोभानिया र दक्षिण अफ्रिकामा पनि यसका संक्रमित भेटिएको पुष्टि भएको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

अमेरिकाले करिब पाँच दशकपछि सिरियालाई “आतंकवाद प्रायोजक राष्ट्र”को सूचीबाट हटाएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सिरियाली राष्ट्रपति अहमद अल-शाराले अन्तर्राष्ट्रिय…

अमेरिकाले इरानसँग आर्थिक सम्बन्ध कायम राख्ने देशहरूलाई कडा प्रतिबन्ध लगाउने चेतावनी दिएको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले इरानलाई आर्थिक रूपमा…

भारतको इलाहाबाद उच्च अदालतले विद्यालयको निर्धारित पोसाकसँगै हिजाब वा अतिरिक्त हेडस्कार्फ लगाउने विषयमा महत्वपूर्ण फैसला सुनाएको छ। अदालतले स्कुलले तोकेको…

प्रतिकृयाहरू
...