Wednesday 12th November 2025

इटालीबाट फर्किएका भारतीयबाट सर्‍यो परिवारका ६ जनामा कोरोना


छिमेकी मुलुक भारतमा कोरोनाभाइरस संक्रमितको संख्या २८ पुगेको छ। त्यसमध्ये १६ जना इटालियन नागरिक रहेका छन्।

सोमबारसम्म भारतमा छ जनामामात्र कोरोनाभाइरसको संक्रमण देखिएको थियो।

केही समयअघि राजस्थान घुमेर फर्किएका एक जना इटालियनमा कोरोनाभाइरस देखिएको थियो। त्यतिबेला क्वारेन्टाइनमा राखिएका बाँकी १५ जनामा बुधबार कोभिड-१९ को संक्रमण देखिएको रोयटर्सले जनाएको छ। उनीहरूलाई घुमाउने बस ड्राइभरलाई पनि कोरोनाभाइरस देखिएको स्वास्थ्य मन्त्री हर्ष वर्दनले जानकारी दिएका छन्।

इटालीमा कोरोनाको संक्रमण व्यापक छ। त्यहाँ २ हजार २ सय ६३ जनालाई यो रोग देखिएको छ भने २२ जनाले ज्यान गुमाएका छन्।

आग्रामा एक जनाले आफ्ना परिवारका ६ जनामा कोरोना सारेको देखिएको छ। इटालीबाट आएका ती व्यक्तिका परिवारका ६ जनामा पनि कोरोना देखिएको टाइम्स अफ इन्डियाले जनाएको छ।दुबईबाट हैदरवाद फर्किएका एकजनामा पनि संक्रमण भेटिएको छ।यसअघि केरलामा तीन जना उपचार पछि घर फर्किसकेका छन्।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...