Thursday 23rd April 2026

पृथ्वीका मानिस मात्रै हुन त ब्रम्हाण्डका बुद्धिमान प्राणी ?


तितोपाटी – मानिसहरु लामो समयदेखि एलियनको खोजी गरिरहेका छन् । एलियनसँग सम्पर्क कामय गर्नकै लागि वैज्ञानिकहरुले पृथ्वीबाट रेडियो तरंगहरु अन्तरिक्ष पठाएका छन् ।

तर एलियनहरुले यी सन्देशहरुको हालसम्म कुनै जवाफ फर्काएका छैनन् । एलियन छन् भने मानिसहरुले अन्तरिक्ष पठाएको सन्देशको जवाफ किन दिँदैनन् ? एलियन के हो ? के एलिसन साँच्चै छ ?

“उनीहरु कहाँ छन् ?(ह्वेर आर ‘एभ्रिबडी’ ?)”

यो प्रश्न सन् १९५० मा चर्चित इटालियन–अमेरिकी भौतिशास्त्री एनरिको फर्मीले आफ्ना एक सहकर्मी अघि राखेका थिए ।

पछि यही प्रश्नको वरिपरि फर्मी र उनको सहकर्मी माइकल एच. हर्टले यस्तो प्रस्तावनाहरु अघि सारेका थिए :

–तारामण्डलमा सूर्यजस्तै अर्बौ ताराहरु छन् । त्यसमध्य कयैन हाम्रो सौर्यमण्डलभन्दा पनि पुराना छन् ।

–यस मध्य केही ताराहरुमा हाम्रो पृथ्वीजस्तै ग्रह हुने सम्भवना अत्यन्त उच्च छ ।

–त्यस्तोमा ती ग्रहमा हाम्रो ग्रहमा भन्दा पहिल्यै जीवन शुरु भएर, उद्विकासको क्रममा केही जीव अन्तर–तारा आवगमन गर्न सक्ने हदसम्म विकास भइसकेको हुन सक्ने सम्भावना पनि उच्च छ ।

–आजको दिनमा कल्पना गरिएको अन्तरतारा आवगमनको गतिको धिमा भएको भए पनि केही लाख वर्षमा पुरै आकाशगंगामा उनीहरु पुगिसकेको हुनुपर्ने हो ।

यो प्रश्न र प्रस्तावनाबाट एउटा अर्को प्रश्न–विरोधाभाष उब्जन्छ– त्यसो हो भने उनीहरु अहिलेसम्म किन पृथ्वीसम्म आइपुगेनन् त ? उनीहरु आखिर कहाँ छन् ?

यो प्रश्न निकै चर्चित छ र फर्मीको प्रश्नले उब्जाएको पछिल्लो प्रश्न–विरोधाभासलाई ‘फर्मी प्याराडक्स’ भनिन्छ ।

‘सर्च फर एक्स्ट्रा टेरिस्ट्रियल इन्टेलिजेन्स (सेटी)’ नामक संस्थाले धेरै वर्षदेखि यो प्रश्नको उत्तर खोजिरहेको छ ।

अक्सफोर्ड विश्वविद्यालयका तीन प्राज्ञहरुले हालसालै ‘फर्मी प्याराडक्स’लाई पुनरमूल्याङ्कन गरे ।

उनीहरुले योसँग जोडिएको एक अध्ययन गरे । यसलाई उनीहरुले ‘डिजल्भिङ द फर्मी प्याराडक्स’ नाम दिए ।

अध्ययन अनुसार मानिस नै ब्रह्माण्डको एक मात्र जीवित बौद्धिक प्राणी हुन सक्ने सम्भवाना धेरै छ । यसको मतलब पृथ्वीसम्म आइपुग्न सक्ने बौद्धिक एलियन अस्तित्वमा नै छैन ।

कसरी निकालियो यो निष्कर्ष ?

यो अध्ययन गर्ने तीन प्राज्ञहरु मध्य एक जना एनडर्स स्यान्डबर्ग हुन् । उनी अक्सफोर्ड विश्वविद्यालयको ‘फ्युचर अफ ह्युमिनिटी इन्सटिच्युट’को अनुसन्धानकर्ता हुन् ।

दोस्रो सदस्यको नाम एरिक ड्रेक्सलर हो । उनको ‘न्यानो टेक्नोलोजी (अत्यन्त सुक्ष्म प्रविधि)’ सम्बन्धि विचार निकै लोकप्रिय छ ।

यस अतिरिक्त उही प्राज्ञिक केन्द्रमा दर्शनशास्त्रका प्रोफेसर रहेका टोड आर्ड पनि यो अध्ययनमा संलग्न छन् ।

यो नयाँ अध्ययनमा ‘फर्मी प्याराडक्स’लाई ‘ड्रेक समीकरण’ भनिने गणितीय आधारमा विश्लेषण गरिया ।

‘ड्रेक समीकरण’ जीवन हुन सक्ने सम्भावित स्थानको सूची तयार पार्न पहिले पहिले प्रयोग गरिन्थ्यो ।

यो अध्ययनमा जीवनसँग जोडिएका कयौं पक्षको जाँच अनुसन्धानबाट ३९ प्रतिशतदेखि ८५ प्रतिशतसम्म यो ब्रह्माण्डमा मानिस मात्र एक्लो जीवित बुद्धिमान प्राणी हुन सक्ने बलियो सम्भावना निस्कियो ।

अध्ययनमा लेखिएको छ, “हामीले ब्रह्माण्डमा अरु कुनै बुद्धिमान सभ्यता नभएको प्रर्याप्त सम्भावना पायौँ । यस्तोमा यदी कुनै संकेत पाइएन भने आश्चर्यको विषय हुने छैन । धेरै अनिश्चितताको आधारमा हामीले यो निष्कर्ष निकालेका छौं कि हामी एक्लै हुने सम्भावना अत्यधिक छ ।”

तथापि ती तीशोधकर्ताहरुले वैज्ञानिकहरुले एलियन वा ब्रह्माण्डको अन्य स्थानमा जीवनको खोज जारी राख्नुपर्ने बताए ।

“एलियनको अस्तित्वको सम्भावना कम रहे पनि यदि भविष्यमा कतै कुनै समझदार एलियन सभ्यता पत्ता लाग्यो भने पनि हामी धेरै आश्चर्य हुनु हुँदैन ।” अध्ययनमा संलग्न सेन्डबर्ग भन्छन् ।

यसको अर्थ हो ‘फर्मी विरोधाभास’को समाधान त्यति सहज छैन ।


सम्बन्धित शीर्षकहरु

तितोपाटी-नेपाली कांग्रेसले संसदीय दलको नेता चयनको निर्वाचन कार्यतालिका संंशोधन गरेको छ । पार्टीको तर्फबाट दलको नेता चयनका लागि गठन गरेको…

तितोपाटी-माथागढी गाउँपालिका वडा नम्बर ३, कसेनीको वडा कार्यालय यतिबेला केवल प्रशासनिक सेवामा मात्र सीमित छैन, यो एउटा जीवन्त 'तालिम केन्द्र'…

नेपाल सरकारका गृहमन्त्री सुदन गुरूङले गृहमन्त्री बनेको २७औँ दिनमा आज २०८३ वैशाख ९ गते पदबाट राजीनामा दिएका छन्। गृहमन्त्रीबाट राजीनामा…

प्रतिकृयाहरू
...