Saturday 19th September 2026

भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा ४७ जनाको मृत्यु


तितोपाटी – भारतको उत्तरी क्षेत्रको उत्तरा खण्ड राज्यमा आइतबार बस दुर्घटना हुँदा कम्तीमा ४७ जनाको मृत्यु भएको जनाएको छ ।

उत्तरा खण्ड राज्यमा पर्ने हिमालयन भन्ने ठाउँमा रहेको साँघुरो बाटोमा बस दुर्घटनामा परेको प्रहरी अधिकारीले बताएका छन् ।

‘दुर्घटनामा परी ४७ जनाको मृत्यु भएको छ, अरु कम्तीमा पनि तीन जना घाइते भएका छन्,’ एक जना प्रकोप व्यवस्थापन अधिकृत दिपेश चन्द्र कालाले भने ।  उनले घटनाका बारेमा खवर पाउने वित्तिकै उद्धार तथा सहयोगी टोली घटनास्थलमा पुगेर उद्धार गरेको पनि जानकारी दिए । दुर्घटनालगत्तै ३ वटा हेलिकोप्टर उद्धार कार्यमा जुटेका थिए ।

दुर्घटनामा ११ जना घाइते भएका छन्  । घाइतेमध्ये ४ जनाको अवस्था निकै गम्भी रहेको जनाइएको छ । २८ सिटे बसमा ५० जना सवार रहेको र क्षमताभन्दा बढी यात्रु बोकेकोले बस दुर्घटनामा परेको प्रहरीको दाबी छ ।

उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिवेन्द रावतले मृतकका परिवारलाई २–२ लाख रुपैयाँ क्षतिपूर्तिको घोषणा गरेका छन् भने घाइतेहरुलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

जीवनका केही कथाहरू सम्झँदा मनमा एकैपटक मुस्कान र पीडा दुवै आउँछन्। आज म मेरो जीवनको त्यही महत्वपूर्ण अध्याय—परदेश यात्राको कथा…

नेपाली राजदूतावास कुवेतले मेट्रो मेडिकल ग्रुपको सहकार्यमा कुवेतको खेतानस्थित मेट्रो मेडिकल केयर परिसरमा नेपाली समुदायका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन…

दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रअन्तर्गत ग्यिरोङ काउन्टीमा अगस्ट २६ मा गएको भीषण हिमपहिरो तथा माटो–ढुंगासहितको बाढीमा हालसम्म ४३ जनाको मृत्यु…

प्रतिकृयाहरू
...