Saturday 10th January 2026

भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा ४७ जनाको मृत्यु


तितोपाटी – भारतको उत्तरी क्षेत्रको उत्तरा खण्ड राज्यमा आइतबार बस दुर्घटना हुँदा कम्तीमा ४७ जनाको मृत्यु भएको जनाएको छ ।

उत्तरा खण्ड राज्यमा पर्ने हिमालयन भन्ने ठाउँमा रहेको साँघुरो बाटोमा बस दुर्घटनामा परेको प्रहरी अधिकारीले बताएका छन् ।

‘दुर्घटनामा परी ४७ जनाको मृत्यु भएको छ, अरु कम्तीमा पनि तीन जना घाइते भएका छन्,’ एक जना प्रकोप व्यवस्थापन अधिकृत दिपेश चन्द्र कालाले भने ।  उनले घटनाका बारेमा खवर पाउने वित्तिकै उद्धार तथा सहयोगी टोली घटनास्थलमा पुगेर उद्धार गरेको पनि जानकारी दिए । दुर्घटनालगत्तै ३ वटा हेलिकोप्टर उद्धार कार्यमा जुटेका थिए ।

दुर्घटनामा ११ जना घाइते भएका छन्  । घाइतेमध्ये ४ जनाको अवस्था निकै गम्भी रहेको जनाइएको छ । २८ सिटे बसमा ५० जना सवार रहेको र क्षमताभन्दा बढी यात्रु बोकेकोले बस दुर्घटनामा परेको प्रहरीको दाबी छ ।

उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिवेन्द रावतले मृतकका परिवारलाई २–२ लाख रुपैयाँ क्षतिपूर्तिको घोषणा गरेका छन् भने घाइतेहरुलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् ।


सम्बन्धित शीर्षकहरु

इरानमा बुधबार भएको विरोध प्रदर्शन एघारौं दिनमा प्रवेश गरेको छ र इजरायलको लागि जासुसी गरेको आरोपमा एक जनालाई मृत्युदण्ड दिइएको…

इजरायलले पश्चिम किनारमा प्यालेस्टिनीहरूका लागि चौथो पुस्ता (४जी) मोबाइल सेवाहरूको स्तरोन्नतिलाई अनुमोदन गरेको इजरायली सञ्चार मन्त्रालयले मंगलबार जनाएको छ। मन्त्रालयले…

अमेरिकी सेनाले काराकासको एक परिसरबाट निकोलस मादुरो र उनकी श्रीमतीलाई लगेको ४८ घण्टा नबित्दै, भेनेजुएलाका नेता न्यूयोर्कको अदालतमा उभिए र…

प्रतिकृयाहरू
...