Sunday 6th October 2024

एनआरएनए भलिबल प्रतियोगिता तत्कालको लागि स्थगित


तितोपाटी – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले कुवेतको राष्ट्रिय दिवसको अबसरमा भोली २५ फेब्रुअरी २०२० मंगलबारको दिन मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा खेलाउन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगिता तत्कालको लागि स्थगित गरेको छ । एनआरएनए कुवेतले एक सूचना जारी गरि विश्वभर फैलिरहेको कोरोना भाइरसको कारण कुवेतमा पनि इमर्जेनसीको अबस्था आएकोले अर्को सूचना नभए सम्मको लागि एनआरएनए भलिबल प्रतियोगित तत्कालको लागि स्थगित गरिएको जनाएको छ ।

एनसीसी कुवेतका अध्यक्ष सुजन केसि र महासचिव दिल कुमार पाख्रिनद्दारा हस्ताक्षरित सूचनामा जनाइए अनुसार कोरोना भाइरसको कारण कुवेत सरकारबाट सबै सार्वजनिक कार्यक्रमहरू रद्द भएको विशेष परिस्थितिमा कार्यक्रमको अन्तिम घडीमा आएर कार्यक्रम स्थगित गर्नु परेकोमा सम्बन्धित सबैसंग एनसीसी कुवेतले क्षमायाचना गरेको छ ।

विश्वभर महामारीको रूपमा फैलिरहेको नोवल कोरोना भाइरसको कारण कुवेत सरकारले कुवेतको राष्ट्रिय दिवस मनाउने अाैपचारिक कार्यक्रम लगायत सबै सार्वजनिक कार्यक्रमहरू रद्द गरेकोले स्थानियवासीको जन-स्वास्थ्य तथा कुवेतको कानुनलाइ ध्यानमा राख्दै भोलीको भलिबल प्रतियोगिता स्थगित गरिएको आयोजक एनसीसी कुवेतका अध्यक्ष सुजन केसिले तितोपाटी डट कम सँगको कुराकानीमा बताए।

सार्वजनिक सरोकारको जन-स्वास्थ्य भन्दा एनआरएनएको भलिबल प्रतियोगित महत्वपुर्ण नभएको र खेलकुद प्रतियोगिता त पछि पनि गर्न सकिन्छ भन्दै अध्यक्ष केसिले प्रतियोगितामा सहभागी हुन लागेका खेलकुद टिम लगायत सम्पुर्ण कुवेतवासी खेलकुदेप्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूमा यसबाट पर्न गएको असुविधा प्रति गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेत क्षमा माग्दै कोरोना भाइरसको प्रकोप मत्थर भइ अर्को सूचना नभए सम्मको लागि भोलीको खेलकुद कार्यक्रम स्थगित गर्न वाध्य भएको बताए ।

विश्वभर संक्रमणको रूपमा फैलिरहेको कोरोना भाइरसको लक्षण कुवेतमा रहेका मानिसमा पनि भेटिएपछि कुवेत सरकारले भोली मनाउन लागेको राष्ट्रिय दिवस लगायत सर्वसाधारण जम्घट हुने प्रकृतिका सबै कार्यक्रमहरू रद्द गरेको छ भने स्वास्थ्य सम्बन्धी सचेतना बढाउँदै स्थल, जल र वायुसेवा मार्फत सिमा बाहिरबाट कुवेत भित्रनेहरूमा निगरानी कडा पारेको छ ।
एनआरएनए कुवेतको सूचना जस्ताको तस्तैः


सम्बन्धित शीर्षकहरु

सुनुवार सेवा समाज कुवेतको दोश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले भक्तराम सुनुवारको नेतृत्वमा संरक्षक, सल्लाहकार सहित ३७ सदस्यीय कार्य…

पाठेघरको क्यान्सरको खोप विकास गर्ने आशा राखेको प्रयोगशालालाई अनुदान दिइएको छ । अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकहरूले ओभेरियनभ्याक्स, एक खोप सिर्जना गर्दैछन्…

खामेनीले इरान र उसका सहयोगीहरू इजरायली आक्रमणबाट पछि नहट्ने बताएका छन् सर्वोच्च नेताले इजरायलमाथिको इरानको आक्रमणलाई 'वैधानिक' भन्दै बचाउ गर्दै…

प्रतिकृयाहरू
...