Thursday 20th August 2026

एनआरएनए भलिबल प्रतियोगिताको तयारी अन्तिम, खेल हेर्न आउन कुवेतबासी सबैलाइ निमन्त्रणा


तितोपाटी – गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतले कुवेतको राष्ट्रिय दिवसको अबसरमा यहि २५ फेब्रुअरी २०२० मंगलबारको दिन मिसरफ स्थित गल्फ युनिभर्सिटीको कभर्ड हलमा खेलाउन लागेको अन्तर-नेपाली भलिबल प्रतियोगिताको सम्पुर्ण पूर्व तयारी अन्तिम भएको जनाएको छ। भलिबल खेलको लागि हल लगायत सबै ब्यवस्थापकिय तयारी पुरा गरिएको कुरा प्रतियोगिता अायोजक एनसीसी कुवेतका अध्यक्ष सुजन केसिले तितोपाटी डट कम सँगको कुराकानीमा बताए।

गत शुक्रबार टाइ-सिट सार्वजनिक गरिएको उक्त भलिबल प्रतियोगिताका खेलहरू बिहान ८ बजेदेखि खेलाइने भएको छ भने प्रतियोगिता स्थलमा बिभिन्न किसिमका सांस्कृतिक झांकी प्रस्तुत गरि भलिबल प्रतियोगितालाइ स्वस्थ प्रतिस्पर्धात्मक, मनाेरञ्जनात्मक, अनुशासित र सभ्य भव्य रूपमा सम्पन्न गर्न लागिएको कुरा अध्यक्ष केसिले बताए । अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको उच्च सुरक्षा घेरामा रहेको कभर्डहलमा खेलाउन लागिएको उक्त प्रतियोगिताको लागि ११ भलिबल टिम प्रतिस्पर्धामा उत्रिएका छन् ।

कुवेतको मुटुमा रहेको मिसरफ स्थित कडा सुरक्षा ब्यवस्था भएको गल्फ युनिभर्सिटीको कभर्ड हलमा चारै तिर सिसिटिभी क्यामेराले मनिटर गरेको भिआइपी एरियामा भलिबल प्रतियोगिता गराउन लागिएकोले खेल हेर्न आउनु हुने जो कोहीले पनि कुनै किसिमका खाद्य तथा पेय पदार्थ नल्याउनुहुन, सवारी साधनको समेत नं. स्क्यान गर्ने भएकोले ट्राफिक नियमको पालना गर्नुहुन तथा खेल मैदानको हाता भित्र रहेका फुलहरू टिप्न तथा अन्य खेलकुद सामाग्री र फर्निचर कुर्चीहरू अनाबश्यक रूपमा नचलाउनु हुन सबैमा सचेत गराउँदै यदि कोही कसैले मादक पदार्थ ल्याएमा वा कुनै गल्ती गरेमा सिसिटिभीले मनिटर गरेको तथा चारैतिर कुवेतको विशेष टास्कफोर्सका सेक्युरिटीहरूले पहरा दिइरहेकोले सम्बन्धित व्यक्तिलाइ सिधै कुवेत प्रहरीलाइ हवाला गर्ने हुँदा सो बाट उत्पन्न हुने परिणाम प्रति आयोजक जिम्मेवार नरहने भएकोले भलिबल प्रतियोगिता हेर्न आउने खेल प्रेमी दाजुभाइ तथा दिदीबहिनीहरूलाइ कुवेतको कानुनले वर्जित गरेका खानपिन नखान तथा नलैजान एनसीसी कुवेतले सबैमा अनुरोध गर्दै सहभागी सबै टिमहरूलाइ समयमै उपस्थित भै दिन तथा मर्यादित र अनुसाशित  भइ स्वस्थ प्रतिस्पर्धा गर्न आग्रह गरेको छ।

एनआरएनए भलिबल प्रतियोगिता-२०२० मा उपस्थितिको लागि नेपाली, राजदूतावास, कुवेतमा कृयाशिल संघ संस्था, पत्रकार, समाजसेवी, बुद्धिजीवि, खेलाडी लगायत सबैलाइ निमन्त्रणा पठाइसकिएको जनाउदै यदि कसैलाइ निमन्त्रणा नपुगेको भएमा यसै समाचारलाइ निमन्त्रणा मानी खेल हेर्न आउनु हुन सम्पुर्ण कुवेतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाइ आयोजकले निमन्त्रणा गरेको छ।

स्मरण रहोस, एनआरएनए कुवेतले भिआपी एरियामा कडा सुरक्षाको विच आयोजना गर्न लागेको यो भलिबल प्रतियोगिताका प्रथम, द्वित्तिय र तृतीय हुने विजयी टिमहरूलाइ नगद पुरस्कार, ट्रफी र प्रमाण-पत्र प्रदान गरिने छ भने प्रथम पुरस्कारको राशी १५१ केडी, द्वित्तीय पुरस्कारको राशी १०१ केडी र तृतीय पुरस्कारको राशी ५१ केडि तय गरेको छ । प्रतियोगितामा अनुशासित टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट सटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट रेजरलाइ समेत ट्रफी र नगद पुरस्कार सहित पुरस्कृत गरिने भएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रणसम्बन्धी महानिर्देशनालयले देशभर सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियानका क्रममा विभिन्न राष्ट्रियताका २२ जना संदिग्धलाई…

दमास्कस — सिरियाको पूर्व राष्ट्रपति बशर अल–असदको शासनकालमा सञ्चालन भएको भनिएको गोप्य परमाणु कार्यक्रमसँग सम्बन्धित एउटा पहिले घोषणा नगरिएको स्थानमा…

काठमाडौं — लामो समयदेखि न्यून पारिश्रमिक, असमान सेवा–सुविधा र सरकारी प्राथमिकतामा आफूहरू पछाडि परेको गुनासो गर्दै आएका सामुदायिक विद्यालयका प्रारम्भिक…

प्रतिकृयाहरू
...