Thursday 20th August 2026

कुवेतमा बालुवाको ढिस्काले पुरिएर ६ नेपालीको मृत्यु, २ घाईते


हरि कृष्ण न्यौपाने-कुवेतमा बालुवाको ढिस्कोले पुरिएर कार्यक्षेत्रमा भएको दुर्घटनामा अहिले सम्म ६ जना नेपाली कामदारहरुको मृत्यु भएको पुष्टि भएको छ। प्राप्त जानकारी अनुसार कुवेतको अल मुत्ला क्षेत्रमा हिजो फेब्रुअरी १२ तारिक २०२० बुधबार दिनको समयमा निर्माणस्थलमा काम गरिरहेका नेपाली कामदारहरु माथि बालुवाको ढिस्को खस्दा ६ जना नेपाली कामदारको मृत्यु भएको हो भने २ जना कुवेतको जाहारा अस्पतलमा उपचार गराई रहेका छन।

नेपाली राजदूताबास कुवेतको द्वित्तिय सचिब जानकी ओझाले तितोपाटी डटकम संग घटनाको बारेमा भनिन” चिनियाँ कम्पनी(CGGC)ले निर्माणको जिम्मा लिएको मुत्ला सिटी प्रोजेक्टको निर्माणस्थलमा काम गरिरहँदा एक्कासी बालुवा र ढुंगा खसेको थियो । ढिस्कोमा पुरिएकामध्ये ६ जना नेपाली कामदारहरुको मृत्यु भएको पुष्टि भए पनि मृतकहरुको नामावली अझै प्राप्त भएको छैन।त्यस्तै दुर्घटनामा उद्दार गरिएका २ जना नेपालीहरुको कुवेतको जाहरा अस्पतालमा उपचार भईरहेको छ।ओझाले थपिन”दुर्घटनाको समयमा त्यहा कति जना कार्यरत थिए अनि केही कामदारहरुको सकुशल उद्धार गरिएको तथा केही अझै हराई रहेको भनिए पनि यसबारे हामीलाई कुनै आधिकारिक जानकारी आएको छैन।”

नेपाली राजदूतावासको टोली अहिले दुर्घटना भएको कार्यस्थल अनि अस्पतालमा रहेका घाइते नेपालीहरुको अबस्था बुझ्न गईसकेकोले केही समयमा पूर्ण जानकारी आउने ओझाले बताईन।
घटना बारे थप अपडेट र अन्य जानकारीको लागि तितोपाटी डटकम हेर्दै गर्नु होला।


सम्बन्धित शीर्षकहरु

कुवेतको गृह मन्त्रालयअन्तर्गत लागूऔषध नियन्त्रणसम्बन्धी महानिर्देशनालयले देशभर सञ्चालन गरेको विशेष सुरक्षा तथा निगरानी अभियानका क्रममा विभिन्न राष्ट्रियताका २२ जना संदिग्धलाई…

दमास्कस — सिरियाको पूर्व राष्ट्रपति बशर अल–असदको शासनकालमा सञ्चालन भएको भनिएको गोप्य परमाणु कार्यक्रमसँग सम्बन्धित एउटा पहिले घोषणा नगरिएको स्थानमा…

काठमाडौं — लामो समयदेखि न्यून पारिश्रमिक, असमान सेवा–सुविधा र सरकारी प्राथमिकतामा आफूहरू पछाडि परेको गुनासो गर्दै आएका सामुदायिक विद्यालयका प्रारम्भिक…

प्रतिकृयाहरू
...