Thursday 22nd January 2026

युएइमा फेरी एक नेपाली युवाको मृत्यु


तितोपाटी – बैदेशिक रोजगारीको लागि युएर्इ आएका एक नेपालीको मृत्यु भएको छ। गोरखाको भिमसेन थापा गाँउपालिका८ अस्राङ्का टोपबहादुर आलेमगरको मृत्यु भएको हो।

गत मंगलबार कोठामा खाना खार्इ सुतेका टोपबहादुर अबेरसम्म पनि नउठेपछि साथीहरूले उठाउन खोज्दा उनको मृत्यु भैसकेको थियो।

मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन। उनको शव पोस्टमार्टमको लागि आबुधवीको खलिफा हस्पिटलमा राखिएको छ।

उनको शवलार्इ जतिसक्दो चाँडो नेपाल पठाउनको लागि अाज आइतबारदेखि कानुनी प्रक्रिया अघि बढार्इने युएर्इको लागि नेपाली कार्यवहाक राजदूत सागर फुयालले जानकारी दिए।

बिगत ६ बर्ष अघि रोजगारीको लागि युएर्इ आएका टोपबहादुर आबुधावी स्थित अल ड्राफा फुटबल क्लबमा रहेको जिम हलमा कोचको रूपमा काम गर्थे। टोपबहादुरको श्रीमती १ छोरी गोरखामा बस्दै आएका छन्।


सम्बन्धित शीर्षकहरु

ट्रम्प प्रशासनले मंगलबार सिरियाको कुर्दिश सेनालाई अमेरिकी सैन्य सहयोग अन्त्य गर्ने प्रभावकारी संकेत दिएको छ, साथै नयाँ सिरियाली सरकार र…

आज सोनाम ल्होसार तामाङ समुदायले विविध कार्यक्रम आयोजना गरी हर्षोल्लासपूर्वक मनाउँदै छन् । प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन तामाङ…

 नेपाल मगर संघ शाखा कुवेतको पाँचौँ अधिवेशन तथा माघे सकराती कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कुवेतको खैतानस्थित राजधानी प्यालेस…

प्रतिकृयाहरू
...