Saturday 26th September 2026

युएइमा फेरी एक नेपाली युवाको मृत्यु


तितोपाटी – बैदेशिक रोजगारीको लागि युएर्इ आएका एक नेपालीको मृत्यु भएको छ। गोरखाको भिमसेन थापा गाँउपालिका८ अस्राङ्का टोपबहादुर आलेमगरको मृत्यु भएको हो।

गत मंगलबार कोठामा खाना खार्इ सुतेका टोपबहादुर अबेरसम्म पनि नउठेपछि साथीहरूले उठाउन खोज्दा उनको मृत्यु भैसकेको थियो।

मृत्युको कारण अहिलेसम्म खुल्न सकेको छैन। उनको शव पोस्टमार्टमको लागि आबुधवीको खलिफा हस्पिटलमा राखिएको छ।

उनको शवलार्इ जतिसक्दो चाँडो नेपाल पठाउनको लागि अाज आइतबारदेखि कानुनी प्रक्रिया अघि बढार्इने युएर्इको लागि नेपाली कार्यवहाक राजदूत सागर फुयालले जानकारी दिए।

बिगत ६ बर्ष अघि रोजगारीको लागि युएर्इ आएका टोपबहादुर आबुधावी स्थित अल ड्राफा फुटबल क्लबमा रहेको जिम हलमा कोचको रूपमा काम गर्थे। टोपबहादुरको श्रीमती १ छोरी गोरखामा बस्दै आएका छन्।


सम्बन्धित शीर्षकहरु

देशभर लगातार वर्षा भइरहेका कारण बाढी, पहिरो र डुबानको जोखिम बढेको छ। मौसमविद्हरूले आगामी दुई दिन पश्चिमी क्षेत्रमा अझ धेरै…

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य सडक अवरुद्ध भएका छन्। पृथ्वी राजमार्ग, मुग्लिन–नारायणगढ सडक, कान्ति लोकपथ…

विश्वभर जलवायु परिवर्तनको असर तीव्र रूपमा देखिन थालेपछि यो विषय अहिले विश्वको प्रमुख एजेन्डा बनेको छ। संयुक्त राष्ट्रसंघका हालैका प्रतिवेदनले…

प्रतिकृयाहरू
...