Thursday 28th August 2025

भ्रमण वर्ष छाडौं, हैजा र हस्तक्षेपबाट मुलुक जोगाऔं


तोयानाथ उपेक्षित – नेपाल सरकारले न त कोरोना हैजा नै रोक्न सक्छ नत एमसीसीलाई नै छेक्न चाहन्छ। यी दुवैको बेग र भेग नेपालका लागि निक्कै भारी पर्न सक्छ। कठैबरा मेरो देश!

यी दुवै शक्तिशाली छन्। संसारले चिनिया विमानहरुलाई आफ्नो देश प्रवेशमा रोक लगाई सके यहाँ सम्म कि चीनलाई ट्रान्जिट बनाएर आउने विमान मा पनि रोक लगाईसके तर नेपालमा आउने केही चिनिया विमानले आफ्नै कारणले उडान बन्द गर्दैछन त केही विमानको सेवा निरन्तर नै रहने संकेत देखिएको छ। सरकारले चिन नेपाल आवागमन ठप्प पार्न चाहिरहेको छैन। उसलाई चिन रिसाउला भन्ने डर छ। यस्तो लाग्छ हामीले हैजा पनि सहन पर्ने रहेछ।

श्रीलंका जस्तो देशले ३३ जना उसका विद्यार्थीलाई स्वदेश फिर्ता लगिसक्यो। मालदिप्स जस्तो देशले वुहानबाट आफ्ना ७ जना मानिस भारतीय सरकारको सहयोगमा फिर्ता लग्यो तर नेपाल ले कसैलाई ल्याएको छैन। यो विषयलाई नेपालमा विशेष मुद्धा बनाउन पर्ने अवस्था हो की होईन? माईतीघर मण्डलामा उफ्रिनेहरुले पनि कोही मरोस अनि राजनिती गरौला भनेर पर्खे जस्तो देखिन्छ।

नेपालले भ्रमण वर्षमा पर्यटकको संख्या २० लाख पुर्याउन पर्खेको हो भने त्यो विस लाख हैजाले ग्रस्त मानिसहरुको संख्या पनि हुन सक्छ। अहिलेसम्मकै गंभिर प्रकृतिको नोवल कोरला भाईरसको गंभिरतासँग नेपाल सावधान देखिएको छैन । प्लास्टिक ओढेर मानिस सडकमा हिड्न डराईरहेको भयाभह बुहान र अन्य चिनिया सहरहरुको बृतचित्रले सरकारलाई छोएकै छैन। लाखौ जनसंख्या भएका ती सहरहरु मसानघाट जस्तो सुनशान छ त्यहाँका मानिसहरुको आफ्नै घरमा आफै बन्दि बनेर बसेका छन यस्तो अवस्था त युद्धमा पनि हुदैन। के नेपाल यो सव अवस्था नेपालमा होस भन्ने चाहान्छ?

युरोप, अमेरिका, क्यानडा र अष्ट्रेलिया जस्ता देशहरुले आफ्नो सिमाना लक गरिसकेका छन। खाडी देशहरुले उच्च सतर्कता देखाएका छन। एउटा कोरोना भाईरस पत्ता लगाउन रगतको स्याम्पल हंगकंग पठाउन पर्ने हाम्रो जस्तो निकम्मा स्वास्थ्य क्षेत्रले कोरोना ह्वारह्वारती आयो भने अस्पताल नै डाक्टर विहिन भएर रहने निश्चित छ। प्रविधी, जनशक्ति र औषधीको अभावमा कसले कोरोनाका विमारीको स्याहार गर्ला? चीन जस्तो देशले अन्तर्राष्ट्रिय सहयोग खोजिरहेको बेला हामी हैजालाई किन स्वागत गर्न खोजिरहेका छौ?

सरकार तुरुन्त चाईना, हंगकंग, सिंगापुर र थाईल्याण्डको भिषा रद्ध गर। सम्पूर्ण विमान सोवाहरु बन्द गर। बाँचिएछ भने भिजिट नेपाल बरु अर्को साल मनाउँला। उत्तरी सिमाहरु बन्द गर। दक्षिणका सवै नाकाहरुमा सावधानी अपनाउ । एमसीसी होस वा कोरोना दुवै जनहितमा छैनन तिनलाई रोक्ने उपाय गर।

हालसम्म कोरोना भाईरसबाट ३०४ जना मानिस मरिसकेका छन । १० हजार भन्दा बढिमा यसको संक्रमण भईसकेको छ । विश्वका ४५ देशमा यो भाईरस पुगिसकेको छ । मानबताको लागि नै यो भयावह चुनौती हुन सक्ने अवस्था छ । विश्व स्वास्थ्य संगठनले संकटकाल घोषणा गरिसकोको अवस्थामा हामी भने कुम्भकर्ण झै निदाईरहेका छौ। यसलाई जलचरबाट, चमेरबाट र सर्पबाट मानिसमा सरेको भनिदैछ। कुराहरु थरिथरीका आईरहेका छन तर एकिन तथ्य बाहिर आईसकेको छैन। यसको उपचारको लागि कुनै भ्याक्सिन बनिसकेको छैन । प्रारम्भिक अवस्था थाहा पाउन निक्कै गाहो हुने र जटिल भईसके पछि उपचार प्रायः असम्भव हुने भएकाले यो हैजा वा महामारीका रुपमा फैलदो छ। विगतमा देखिएको ईबोला, बर्ड फ्लु , प्लेग लगायतका रोग भन्दो यो भाईरस खतरनाक मानिएको छ। यसर्थ यसबाट बच्न सवैले जिम्मेवार भएर प्रचार प्रसार गर्न जरुरी छ। यसले नेपालका शहरहरुमा प्रवेश पायो भने देशको साधन श्रोतले थाम्न सक्ने अवस्था रहदैन।


सम्बन्धित शीर्षकहरु

इजरायली युद्धक विमानहरूले यमनको राजधानी सानामा हुथीहरू विरुद्ध आक्रमण गरे र दुई पावर स्टेशनहरू र इन्धन डिपो बाहेक राष्ट्रपति दरबार…

वासिङ्टन: राष्ट्रपति डोनाल्ड ट्रम्पले नजिकको राजनीतिक सहयोगी सर्जियो गोरलाई भारतका लागि अमेरिकी राजदूतको रूपमा नियुक्त गरेका छन्। नयाँ दिल्लीसँगको सम्बन्धमा…

कुवैत शहर, अगस्ट २३ आन्तरिक मन्त्रालय अन्तर्गतको लागूऔषध नियन्त्रण सामान्य विभाग (DCGD) निर्देशक ब्रिगेडियर जनरल मोहम्मद कबाजार्ड र उपनिर्देशक ब्रिगेडियर…

प्रतिकृयाहरू
...