Tuesday 14th May 2024

साँस्कृतिक मञ्चले दसौं वार्षिकोत्सब मनायो


तितोपाटी डटकम- कला र गला भएर पनि विदेशिन बाध्य कलाकारहरुलाई संगठित गर्दै स्थापना भएको कुवेतको सबै भन्दा पुरानो साँस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मन्चले आफ्नो दसौं वार्षिकोत्सब मनाएको छ। मन्चले जनावरी १७,२०२० शुक्रबारका दिन आफ्ना सहयोगि तथा शुभचिन्तकहरुको बाक्लो उपस्थितिमा कुवेतको मिसिला बिच स्थित सामन्द्रको किनारमा एक कार्यक्रमका साथ वार्षिकोत्सब मनाएको हो।

उक्त बार्षिकोत्सबको औपचारिक कार्यक्रमको अध्यक्षता मञ्चका अध्यक्ष गोबिन्द बरालले गरेका थिए भने मन्चका पूर्ब अध्यक्ष एबं लोक गायक माधब शर्माले कार्यक्रम सन्चालन गरेक थिए। कार्यक्रममा उपस्थित अतिथि तथा मञ्चका शुभचिन्तकहरुले दसौं वार्षिकोत्सबको शुभकामना दिदै मञ्चको प्रगतिको कामना गरेका थिए।

“हाम्रो संस्कृति-हाम्रो पहिचान” भन्ने मूल नाराका साथ स्थापित नेपाल कुवेत साँस्कृतिक मञ्चले आफ्नो स्थापना काल देखिनै नयाँ नेपाली बर्ष तथा हरितालिका तिजमा विशेष साँस्कृतिक कार्यक्रम गर्दै आएको छ भने दशैमा सामुहिक टीका-जमारा तथा तिहारमा देउसी-भैलो खेल्दै विभिन्न समाजिक कामहरूमा हातेमालो गर्दै आईरहेको छ।

फोटोः गोविन्द प्रसाद तिम्सिना


सम्बन्धित शीर्षकहरु

राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदनमा पेश गरिरहेका छन् । राष्ट्पति…

इजरायलले गाजामा आक्रमण जारी राखेमा लडाइँ जारी राख्ने हिजबुल्लाहले बताएको छ, हिजबुल्लाह प्रमुख नसरल्लाहले गाजालाई समर्थन 'अन्तिम' भएको बताएका छन्,…

ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको ‘बेष्ट बैंक अवार्ड’ २०२४ बाट सम्मानित भएको छ। ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्बश्रेष्ठ…

प्रतिकृयाहरू
...