Sunday 30th August 2026

डडेल्धुरामा जीप दुर्घटना , वडाध्यक्षसहित ४ जनाको मृत्यु


तितोपाटी डट कम – डडेल्धुरामा जिप दुर्घटना हुँदा वडाअध्यक्षसहित ४ जनाको मृत्यु भएको छ ।

डोटीको दिपायलबाट कोहलपुरतर्फ गइरहेको से१ज ३३० नम्बरको जीप दुर्घटना हुँदा वडाअध्यक्ष सहितचार जनाको मृत्यु भएको हो ।

जिल्लाको गन्यापधुरा गाउँपालिका-२ को गजरौलामा मंगलबार बिहान भएको दुर्घटनामा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

मृत्यु हुनेमा आदर्श गाउँपालिका वडा नं. २ का वडाअध्यक्ष प्रेमबहादुर बोहरा, दिपायल-सिलगढी नगरपालिका-४ का गाडीधनी विनोद रावल, आदर्श गाउँपालिका-२ डोटीका लालबहादुर बोहरा र सोही ठाउँकी जानकी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक चक्रराज जोशीले जानकारी दिए ।

११ जना यात्रु सवार जिप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको हो भने एकजनाको उपचारका लागि उपक्षेत्रीय अस्पतालमा ल्याउने क्रममा बाटोमै निधन भएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा चालक विष्णु विक, सिरहाका करन कुमार यादव , आर्दर्श गाँउपालिका २ का विनोद बोहरा, विष्णु बोहरा, टेकबहादुर बोहरा र नरेश बोहरा रहेका छन् ।

दुर्घटनामा परी घाइते मध्ये गम्भीर तीनजनालाई धनगढी रेफर गरिएको छ । अन्य चारजनाको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेका प्रहरी जानकारी दिएको छ ।


सम्बन्धित शीर्षकहरु

इरानसँगको युद्ध छ महिनामा प्रवेश गर्दा खाडी क्षेत्रको ऊर्जा उद्योगमा गम्भीर असर परेको छ। युद्ध सुरु भएयता विश्व बजारमा ब्रेन्ट…

स्विट्जरल्याण्डको आराउस्थित एक र्‍याभ (Rave) कार्यक्रममा भएको गोलीकाण्डमा २२ वर्षीया एक महिलाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते…

नाइजरको राजधानी नियामीमा सत्तारुढ सैन्य सरकारविरुद्ध केही युवा सैनिकहरूले गरेको विद्रोहको प्रयास असफल भएको छ। सरकारी सुरक्षा बलले विद्रोह नियन्त्रणमा…

प्रतिकृयाहरू
...