Friday 23rd October 2026

नुवाकोट धादिङ रसुवा समाज कुवेतद्वारा मृगौला पीडितलाइ आर्थिक सहयोग


तितोपाटी नुवाकोट धादिङ-रसुवा समाज कुवेतले नेपालकी दुबै मृगौला पीडित एक महिलाको उपचारार्थ आर्थिक सहयोग गरेको छ। समाजले नुवाकोट जिल्लाको साबिक सामरी गा वि स हाल म्यागङ गाउँपालिका वडा न ६ निवासी दुबै मृगाैला पीडित लाल माया तामाङको उपचारार्थ समाजका सल्लाहकार सितामान वाईबा तामाङ र उपाध्यक्ष छिरिङ तामाङको अग्रसरतामा नेपाली रूपैयाँ ५३४५८।- अक्षेरूपी त्रिपन्न हजार चार सय अन्ठाउन्न रूपैयाँ संकलन गरि सहयोग गरेको हो ।

आर्थिक आभाककै कारण उपचार हुन नसकेकी मृगौला पीडित लाल माया तामाङलाई नुवाकोट धादिङ रसुवा समाज कुवेतद्वारा संकलित आर्थिक सहयोग रकम सँस्थाका निबर्तमान प्रबक्ता मैसिङ तामाङ, निबर्तमान साँस्कृतिक बिभाग प्रमुख मानसिङ तामाङ र तामाङ आवाज का प्रबन्ध निर्देशक राज डिम्दुङ द्वारा रू. ५३४५८।- पीडितलाइ हस्तान्तरण गरि सकिएको छ।

समाजले सहयोग हस्तान्तरण गरेपछि सहयोगी सबैप्रति धन्यवाद दिंदै दुबै मृगाैलाले काम नगर्ने भइ लामो समयदेखि बेडमा थाला परेकी तामाङले घरायसी आर्थिक स्थिति अत्यन्तै न्यून रहेको कारण उपचार गराउन असमर्थ हुँदा देश विदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी तथा संघ सँस्थाहरूसँग सहयोगको अपिल गरेकी छन्।

इच्छुक सहयोगी मनका धनी दाजुभाइ तथा दिदीबहिनीहरूले बिरामी स्वयंलाइ तल उल्लेखित सम्पर्क नं. मा सम्पर्क गरी सहयोग गर्न सकिने छ।
बिरामीको सम्पर्कको लागि : +977 9813 295230


सम्बन्धित शीर्षकहरु

संयुक्त अरब इमिरेट्स (यूएई) ले वरिष्ठ कूटनीतिज्ञ लाना नुसैबेहलाई संयुक्त राष्ट्रसंघ (यूएन) को आगामी महासचिव पदका लागि उम्मेदवार बनाएको छ।…

कुवेतको अहमदी गभर्नरेट अन्तर्गत वाफ्रा क्षेत्रमा सञ्चालन भइरहेको अवैध मदिरा उत्पादन केन्द्रमा प्रहरीले छापा मारेर तीन नेपालीसहित सात जनालाई पक्राउ…

अक्सफोर्ड विश्वविद्यालयका वैज्ञानिकहरूले भाइरसजस्ता कणहरू (Virus-like Particles) एक–एक अणु जोडिँदै कसरी निर्माण हुन्छन् भन्ने प्रक्रिया पहिलो पटक प्रत्यक्ष रूपमा अवलोकन…

प्रतिकृयाहरू
...