Sunday 16th June 2024

कुवेत लगायत खाडी मुलुकमा पुगेको भोलिपल्टै किन बिरामी पर्छन् श्रमिक?


तितोपाटी- पाल्पाका यमबहादुर बयम्बुमगर गत असोज २ मा मलेसिया पुगेको भोलिपल्टदेखि नै बिरामी परे। उनी रिजा ओभरसिज इम्प्लोइमेन्ट म्यानपावर कम्पनीमार्फत सेक्युरिटी गार्ड कामका लागि जेर्हाइ सेक्युरिटी कम्पनीमा गएका थिए ।

काम गर्न नसक्ने अवस्था भएपछि नेपाल फर्काइदिन उनले कम्पनीमा आग्रह गरे। कम्पनीका सुपरभाइजरले बिरामी भएको नाटक गरेको भनेर बेवास्ता गरेपछि उनले परिवारमा खबर गरे। म्यानपावरमा सम्पर्क गर्दा पनि उसैगरी बेवास्ता ग¥यो। उनको अवस्था नाजुक हुँदै गयो। एकदिन उनी अचानक अचेत भएपछि कम्पनीले अस्पताल पु¥यायो। रिपोर्टमा यमबहादुरलाई अल्सर भएको देखियो । अप्रेसनका पैसा लाग्ने भएकाले थप ४५ हजार मलेसिया पठाउनुपर्ने भन्दै म्यानपावरले परिवारसँग माग ग¥यो। यमबहादुरका परिवारले त्यति रकम ऋण खोजेर पठाए।

यमबहादुरको अप्रेशन पनि भयो। तर केही समयपछि नै उनको मलेसियामा मृत्यु भयो।

‘अप्रेशन गरेर ल्याएको बिरामी भाइलाई चिसो भुँइमा राखिएको भिडियो पाएका थियौँ, उपचार र खानाको राम्रो व्यवस्था नभएपछि मेरो भाइको मलेसियामै ज्यान गयो। कसैले वास्ता गरेन’, यमबहादुरका दाइ थर्कबहादुरले नेपाल लाईभसँग गुनासो गरे।  उहाँले आफू बिरामी भएको भनेर हामीलाई खबर गर्नु भएको थियो, झिकाइदिनु भनेर हामीले म्यानपावरमा खबर ग¥यौं, उतै उपचार गराइरहेको भनेर म्यानपावरले थप रकम माग ग¥यो, पैसा पनि पठायौँ तर उहाँ फर्कनु भएन’ यमबहादुरकी श्रीमती बम्बुसरा बयम्बुले सुनाइन् ।

मलेसियाली बायोमेडिकल प्रणालीमा आबद्ध युभी स्वास्थ्य क्लिनिक प्रालिमार्फत् स्वास्थ्य परीक्षण गरी गएका उनी पुगेको भोलिपल्टै कसरी बिरामी भए? जबकि उनको मेडिकल रिपोर्ट पोजिटिभ थियो । यहीँनेर प्रश्न खडा हुन्छ।

‘हार्ट अट्याक, ब्लडप्रेसरजस्ता केही रोगहरुको रिपोर्टमात्र केही दिनको अन्तरालमा पनि फरक आउन सक्छ। क्यान्सर, अल्सर, मुटुरोग, मिर्गौला फेलजस्ता अन्य रोगहरु वैदेशिक रोजगारीमा जानु अगाडि स्वास्थ्य परीक्षण गराउँदाको रिपोर्टमा देखिन्छन्, मेडिकलको लापरबाहीका कारण यस्तो समस्या देखिएको हुनसक्छ’ नेपाल मेडिकल व्यवसायी महासंघका अध्यक्ष सीताराम रेग्मीले भने।

केही मेडिकल संस्थाको हेलचेक्र्याइँ, नक्कली रिपोर्ट तयार गर्ने लगायतका समस्याका कारण परदेश पुगेपछि श्रमिकहरु बिरामी हुने गरेको उनको भनाइ छ।मलेसियाले ३६ वटा स्वास्थ्य संस्थाबाट मात्रै स्वास्थ्य परीक्षण गर्ने गरी सिण्डिकेट कायम गरेको छ, कसरी स्वास्थ्य परीक्षण गर्छ वा नगरी नक्कली रिपोर्ट निकालेर पठाउँछ यस्ता खालका समस्या सुरुदेखि अहिलेसम्म कायम छन्’ उनले थपे ।

दाङका झपेन्द्र दमाई पनि रोजगारीका लागि कुवेत पुगेका थिए। कुवेत पुगेको ४२ दिनपछि बिरामी भएर उनको कुवेतमै ज्यान गयो। झपेन्द्रका परिवारले वैदेशिक रोजगार विभागबाट क्षतिपूर्ति लिइसकेका छन्। तर केही दिनअगाडि स्वस्थ झपेन्द्रको ४२ दिनमै कसरी मृत्यु भयो? मेडिकलले नक्कली रिपोर्ट बनाएर पठाउँदा त्यस्तो समस्या निम्तिएको हो वा कुवेत पुगेपछि उनीमाथि स्वास्थ्य समस्या देखिएको हो भन्ने विषय अझै अन्योल छ।

आफू स्वस्थ भएको मेडिकल रिपोर्ट देखाउँदै परदेश हिँडेका यमबहादुर र झपेन्द्रजस्ता थुप्रै श्रमिक गन्तव्यमा पुगेको केही दिनमै बिरामी भएर परदेशमै ज्यान जाने गरेको छ भने कतिपय बिरामी भएर फर्काइने गरेका छन्।नेपालमा स्वास्थ्य जाँच गर्दा फिट देखिए पनि विदेशमा पुगेर स्वास्थ्य जाँच गर्दा अनफिट हुने समस्या पनि उस्तै विकराल छ।

अनफिट भएर फर्किएकाले पाउँदैनन् क्षतिपूर्ति

पर्फेक्ट डाइग्नोस्टिक सेन्टर प्रालिमा २०७१ सालमा स्वास्थ्य परीक्षण गराइ रोजगारीका लागि कतार पुगेका रुद्रनारायण यादव पनि कतार पुगेर पुनः स्वास्थ्य जाँच गर्दा मेडिकल रिपोर्ट अनफिट देखिए। उनलाई कतारस्थित विमानस्थलबाटै फिर्ता गरियो।

यादवले क्षतिपूर्तिको माग गर्दै प्रगतिशील स्वास्थ्य व्यवसायी मञ्चमा २०७१ सालमा उजुरी दिए पनि ५ वर्षसम्म अझै क्षतिपूर्ति पाएका छैनन् । यादव म्यानपावर कम्पनी सान नेपाल प्रालिमार्फत कतारको तड्मु रुफ्स कम्पनीमा मजदुरी(लेवर) गर्न श्रम स्विकृति लिएर १५ डिसेम्बर २०१३ मा कतार उडेका थिए।

कतार पुगेपछि श्रमिक मेडिकल अनफिट भएर फर्किनु पर्ने समस्याको अन्त्यका लागि भन्दै कतार भिसा सेन्टर खडा भएको छ। साउदी, मलेसिया, कुवेत, बहराइन, ओमानलगायत मुलुकमा अझै पनि मेडिकल अनफिट भएर फर्किनुपर्ने समस्या उस्तै छ।

नेपालमा मेडिकल फिटको प्रमाणपत्र दिएर पठाइएका कामदारहरु खाडीलगायत गन्तव्य मुलुकमा पुगेपछि मेडिकल अनफिट भएर फर्काइने समस्या नयाँ भने होइन ।वैदेशिक रोजगारीमा जाने थुप्रै कामदारहरु मेडिकल अनफिट फर्किने समस्या केही वर्षदेखि यथावत नै छ।

नेपालबाट मलेसिया लगायतका खाडी मुलुक जान १ देखि ३ लाखसम्म रकम म्यानपावर तथा मेडिकल व्यवसायीलाई बुझाएर गएका कामदारहरु मेडिकल अनफिट भएर फर्काइएपछि उनीहरु विदेश जाँदा लागेको रकम फिर्ता पाउन मुस्किल पर्छ।

नेपालमा मेडिकल फिट भएर गन्तव्य मुलुकमा पुगेका कामदारहरु किन मेडिकल अनफिट हुन्छन्? यस सम्बन्धमा स्वास्थ्य व्यवसायीहरुको प्रतिक्रिया लिँदा कतिपय व्यवसायी नेपालमा रहँदा कामदारहरु स्वस्थ रहने र विदेश पुगेपछि त्यहाँको हावापानीको प्रभावले समेत स्वास्थ्यमा समस्या पर्ने हुँदा मेडिकल अनफिट हुने गरेको बताउँछन् ।

प्रगतिशील स्वास्थ्य व्यवसायी मञ्चमा मात्रै पनि हालसम्म २ सय ४४ मेडिकल अनफिटसम्बन्धी उजुरी परेका छन्। उनीहरुले क्षतिपूर्ति पाएका छैनन्। मेडिकल अनफिट भएपछि फर्किएर स्वास्थ्य व्यवसायी महासंघमा उजुरी दिएका हजारौँ श्रमिकले क्षतिपूर्ति पाउन सकेका छैनन्।

यस सम्बन्धमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाल स्वास्थ्य व्यवसायी महासंघलाई वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने अन्य स्वास्थ्य संस्थाले जारी गर्ने रिपोर्टमा होलोग्राम स्टीकर टाँस्न पाउने गरी अधिकार उपलब्ध गराएको छ।

उक्त होलोग्रामको स्टीकर टाँसेर वैदेशिक रोजगारीमा गइ स्वास्थ्य समस्याका कारण फर्काइएमा प्रतिव्यक्ति ४० हजार रुपैयाँसम्म क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने सरकारले शर्त राखेको थियो। कामदारको क्षतिपूर्ति उपलब्ध गराउने सम्बन्धमा मन्त्रालयमा विशेषज्ञ समिति पनि गठन भएको छ तर समितिले सक्रिय रुपमा काम गर्न नसक्दा मेडिकल अनफिटका कारण फर्काइएकाले क्षतिपूर्ति पाउन सकेका छैनन्। लाईभनेपालमा निर्मला घिमिरेले लेखेकी छिन


सम्बन्धित शीर्षकहरु

पेट्रोलियम पदार्थको मूल्य घटेको छ। नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर…

LuLu हाइपरमार्केटको रोमाञ्चक ‘LuLu Let's Connect’ अन्तर्गत Motorola द्वारा संचालित प्रमोसन जुन १३ जुन देखि २२ जुन सम्म हाइपरमार्केटका सबै…

चीनमा शनिबारदेखि लागू हुने नयाँ चीन तटरक्षा सम्बन्धी नियमले अधिकारीहरूलाई दक्षिण चीन सागरको विवादित क्षेत्रमा विदेशीहरूलाई बिना कुनै परीक्षण ६०…

प्रतिकृयाहरू
...