Friday 16th January 2026

रास्ट्रियसभा चुनाबको लागि नेकपा र राजपा बिच सहमती


प्रदेश २ मा हुने राष्ट्रिय सभाको चुनावमा नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी बीच एक आपसमा सहयोग सहमति भएको छ।बुधबार बालुवाटारमा बसेको नेकपा र राजपाबीच बैठकमा सो सहमति भएको हो।माघ ९ मा प्रदेश २ मा रिक्त रहेका ४ स्थानमा चुनाव हुँदैछ।चुनावमा पुरूष समूह र अपांगता भएको व्यक्ति वा अल्पसंङ्ख्यक समूहको रिक्त २ स्थानमा राजपाका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने सहमति भएको छ।

त्यसैगरी, महिला र दलित पुरूष समूहका दुई स्थानमा राजपालाई नेकपाले सहयोग गर्ने सहमति भएको हो।सहमतिपत्रमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् भने राजपाका तर्फबाट राजेन्द्र महतोले हस्ताक्षर गरेका छन्।त्यसैगरी, दुई पार्टीले राष्ट्रिय राजनीतिकमा विषयहरूमा नियमित छलफल गर्ने र सहकार्यको प्रक्रिया अघि बढाउने समेत सहमति भएको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...