Tuesday 22nd September 2026

रास्ट्रियसभा चुनाबको लागि नेकपा र राजपा बिच सहमती


प्रदेश २ मा हुने राष्ट्रिय सभाको चुनावमा नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय जनता पार्टी बीच एक आपसमा सहयोग सहमति भएको छ।बुधबार बालुवाटारमा बसेको नेकपा र राजपाबीच बैठकमा सो सहमति भएको हो।माघ ९ मा प्रदेश २ मा रिक्त रहेका ४ स्थानमा चुनाव हुँदैछ।चुनावमा पुरूष समूह र अपांगता भएको व्यक्ति वा अल्पसंङ्ख्यक समूहको रिक्त २ स्थानमा राजपाका उम्मेदवारलाई नेकपाले सहयोग गर्ने सहमति भएको छ।

त्यसैगरी, महिला र दलित पुरूष समूहका दुई स्थानमा राजपालाई नेकपाले सहयोग गर्ने सहमति भएको हो।सहमतिपत्रमा नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले हस्ताक्षर गरेका छन् भने राजपाका तर्फबाट राजेन्द्र महतोले हस्ताक्षर गरेका छन्।त्यसैगरी, दुई पार्टीले राष्ट्रिय राजनीतिकमा विषयहरूमा नियमित छलफल गर्ने र सहकार्यको प्रक्रिया अघि बढाउने समेत सहमति भएको छ।

-सेतोपाटीबाट


सम्बन्धित शीर्षकहरु

विश्व अहिले युद्ध, आर्थिक संकट, जलवायु परिवर्तन र राजनीतिक अस्थिरताका कारण चुनौतीपूर्ण अवस्थामा पुगेको छ। इरान र युक्रेनका युद्ध झन्…

मध्यपूर्वमा बढ्दै गएको युद्ध र तनावले एउटा गम्भीर प्रश्न खडा गरेको छ—युद्ध फैलिँदा आखिर सुरक्षित को छ? अमेरिका–इजरायल र इरानबीचको…

जर्मनीमा अटोमोबाइल उद्योग गम्भीर संकटमा परेपछि हजारौं अटो उद्योगका कामदारहरूले देशव्यापी प्रदर्शन गरेका छन्। श्रमिक संगठन आईजी मेटल (IG Metall)…

प्रतिकृयाहरू
...