Saturday 18th May 2024

कुवेतको चाैतारीमा “भिजिट नेपाल २०२०”


तितोपाटी – कुवेत सीटीको मुख्य भागमा रहेको नेपाली खानपीन घर चौतारीले हिजोबाट नेपाल भ्रमण वर्षको प्रचार शुरु गरेको छ । चौतारी रेष्टुरेन्टले होटल व्यवशाय शुरु गरेको हिजो ७ बर्ष पुरा भएको हो । आठौ बर्ष प्रवेश गरेको अवसरमा रेष्टुरेन्ट संञ्चालकहरुले भिजिट नेपाल २०२० लाई जोड्दै एक कार्यक्रमका बीच उत्सव मनाएका हुन ।
नेपाली राजदूतावासका कुवेतका काउन्सिलर प्रकाशमणी पौडेलद्धारा केक काटेर चौतारीको वर्षगाठ मनाईरहँदा चौतारी खानपीनले राखेको भिजिट नेपालको प्रबर्धनात्मक पोष्टरहरुमा सवैका आँखा पुगेका थिए । त्यहाँ नेपाली मात्र नभएर अन्य देशका नागरिकले समेत रुची पूर्वक हेर्ने गरेका र पोष्टरहरुमा सेल्फी लिनेको पनि कमि थिएन । नेपालका भ्रमणीय स्थानहरु र पहिचान झल्काउने ठाउँहरुलाइ चौतारीले रेष्टुरेन्टको प्रवेशद्धारमा पोष्टरीङ गरेको छ ।
सन २०१२ डिसेम्बर १४ का दिन तत्कालिन राजदुत मधुवन पौडेलद्धारा उदघाटन भएको एउटा सानो चिया पसल जस्तो स्वरुपको चौतारीले समय क्रमसँगै विकाश गरेको देखिन्छ । अहिले यसको लगानी र भौतिक स्वरुप दुवै बृद्धी भएको छ र त्यहाँ काम गर्नेको संख्या कुल मिलाएर १६ जना पुगेका छन । चार जना नेपाली युवाहरु मिलेर खोलेको चौतारीमा लगभग २५ हजार केडिको लगानी शुरुका दिनमा भए पनि अहिले त्यो बढेर ४० हजार केडिको अवस्थामा छ । ५० हजार देखि डेढ लाख नेपाली रुपैया यहाँ काम गर्नेहरुले थाप्ने गरेका छन ।
चौतारीले रेष्टुरेन्टको साईज र लगानी मात्र बढाउँदै गएको छैन यसमा आवद्ध कतिपय साझेदारहरु यसबीच चौतारीबाट प्राप्त व्यवशायीक ज्ञान र धनलाई कुवेतको अन्यत्र ठाउँमा लगेर लगानी गर्दै व्यवशाय गरिरहेका छन । यो रेष्टुरेन्ट आफैमा व्यवशाय गर्न चाहाने अन्य नेपालीहरुलाई प्रोत्साहित र प्रेरित गर्ने मुल थलो बनेको छ ।
हरेक वर्ष झै यसवर्ष पनि चौतारीले समाजका अगुवा प्रतिनिधीहरु, पत्रकारहरु आफन्त तथा नेपाली दूतावास परिवारलाई बोलाएर वार्षिक उत्सव मनाएको हो । नेपाली, चाईनिज, फिलिपिनो तथा ईन्डियन फूड बन्ने चौतारिमा नेपालीहरुको लोकप्रिय खाजा मःमः, चाउमिन, सुकुटी, ढिढो गुन्द्रुक जस्ता नेपाली परम्परागत खाना पाईन्छ । यहाँ काम गर्ने कर्मचारी पनि नेपाली, ईन्डियन र फिलिफिन्सका रहेका छन ।


सम्बन्धित शीर्षकहरु

रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसनद्वारा काठमाडौंमा आयोजित ‘एच्यु हेयर ओयल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४, सिजन ६’ को उपाधि झापाकी…

स्पिनर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ(क्यान)ले आईसीसी टी-२० विश्वकप २०२४ खेल्न अमेरिका र वेष्टइण्डिज पठाउने भएको छ । उच्च अदालत…

नीति तथा कार्यक्रम प्रस्तुतका क्रममा राष्ट्रपतिलाई संसद्मा अवरोध नगरेको कांग्रेस संसदीय समितिको मागको अडानमा भने कायमै छ । मंगलबार बिहान सिंहदरबारमा…

प्रतिकृयाहरू
...