Saturday 16th May 2026

धनुषामा बम विष्फोट, प्रहरी निरिक्षक सहित ३ जनाको मृत्यु


तितोपाटी – धनुषामा बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ। धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगर बजारमा शुक्रबार मध्यराति भएको बम विस्फोटमा परी प्रहरी निरीक्षक अमिर दाहालसहित स्थानीय ४६ वर्षका राजेश्वर साह र उनका छोरा अन्दाजी २४ वर्षका आनन्द साहको घटनास्थलमै मृत्यु भएको एसपी राजेन्द्र चौधरीले जानकारी दिए।
उनकाअनुसार सोही विस्फोटमा परी अन्य ३ जना घाइते भएका छन्। उनीहरुको अवस्था गम्भीर छ। घाइते हुनेहरूमा प्रहरी जवान रिजन महतो, मृतक घरमुली राजेश्वर साहका अर्का छोरा प्रकाश र छोरी अञ्जली रहेका छन्। शुक्रबार राति १२ बजे राजेश्वरको घरको शौचालय नजिक छाडिएको बम विस्फोट भएको हो।
बेलुकै देखि बम राखिएको हल्ला चलेको थियो। बम भएको हल्ला चलेपछि उक्त वस्तु बम हो वा होइन भनी जाँच्न इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरबाट प्रहरी टोली पुग्नेबित्तिकै विस्फोट भएको हो।


सम्बन्धित शीर्षकहरु

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

प्रतिकृयाहरू
...